बेलाैरी : कवर्डहल निर्माणकार्यका लागि सराेकारवाला निकायको फिल्ड भिजिट

होमपेज / मुख्य समाचार /
सुदूरपश्चिम प्रदेशसभा सदस्य विष्ट, नगर प्रमुख चाैधरी र सामाजिक विकास कार्यालय प्रमुख जाेशी लगायत सराेकारवालाहरुकाे सहभागीता
  • रेडियो सुदूर सञ्चार
  • १३ मंसिर २०८१ (२ महिना अघि)
  • ३०६

चन्द्रिका चाैधरी / बेलाैरी, कञ्चनपुर - 

कञ्चनपुरको बेलाैरी नगरपालिका ४ खुलामञ्चमा कवर्डहल निर्माणका लागि सराेकारवाला निकायद्वारा फिल्ड भिजिट गरिएको छ । 

बिहीबार सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह विष्ट र बेलाैरी नगरप्रमुख पाेतीलाल चाैधरीकाे अगुवाइमा सामाजिक विकास कार्यालय कञ्चनपुरका प्रमुख गाेपाल जाेशी, प्राविधिक लगायतकाे संयुक्त टाेलीद्वारा प्रारम्भिक फिल्ड भिजिट गरिएको स्थानीय युवा समाजसेवी दिनेश कुँवरले बताए । 

उनले भने - "बेलाैरीमा इनडाेर गेम सञ्चालनका लागि युवाहरुले कवर्डहल निर्माणकाे मागगरे बमोजिम सुदूरपश्चिम प्रदेश सरकारबाट चालू आ.व मा कूल २० लाख रकम विनियोजन गरिएको छ ।, भने साेहीकार्य प्रारम्भ गर्न सराेकारवाला सहितको टाेलीले बिहीबार दिउँसो फिल्ड भिजिट गरेका हुन् ।, 

यद्यपि बजेट कम परेपनि विभिन्न चरणमा आवश्यक बजेटको व्यवस्थापन गरिने सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह  विष्टले बताए ।  सुदूरपश्चिम प्रदेश विधायन समिति संयोजक समेत रहेका विष्टले उक्त कवर्डहल निर्माणका निमित्त आफूले एक कराेड बराबरको बजेट माग गरेपनि हाल २० लाख मात्रै परेकोमा चिन्ता व्यक्त गरे ।, 

यता, स्थानीय सरकार बेलाैरी नगर प्रमुख पाेतीलाल चाैधरीले उक्त कवर्डहलकाे निमार्णकार्य यथाशीघ्र शुरु गर्न गराउन अनुरोध गरेका छन् । नगर प्रमुख चाैधरीले -" अपुग बजेटका लागि सक्दो सहयोग र आवश्यक पहल गर्ने विश्वास समेत व्यक्त गरे ।,

स्थानीय तहले कवर्डहलकाे डीपीआर स्वीकृत गरि बहुबर्षीय याेजनामा समेट्न सके अथवा थप बजेटकाे व्यवस्थापन गर्न सके निर्माणले गतिलिने बताउदै सामाजिक विकास कार्यालय महेन्द्रनगरका प्रमुख जाेशीले सम्बन्धित निकायलाई तत्काल आवश्यक पहल गर्न सुझाएका छन् । 

भने, बेलाैरीमा कवर्डहल निर्माणकार्य प्रारम्भ हुने भएपछि स्थानीय युवा हर्षित भएका छन् ।

अन्तिम अध्यावधिक: १३ मंसिर २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस