कञ्चनपुर -
सरकार र निजी क्षेत्रको संयुक्त आयोजनामा छिमेकी मुलुक भारत उत्तराखण्डको देहरादुनमा अन्तराष्ट्रिय व्यापार पर्यटन महोत्सव संचालन हुने भएको छ ।
कञ्चनपुर उद्योग वाणिज्य संघले वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसंगको सहयोगमा देहरादुनमा अन्तराष्ट्रिय व्यापार पर्यटन महोत्सव संचालन हुने भएको हो।
आगामी पुष तेस्रो सातादेखि एक साताका लागि भारतमा व्यापार पर्यटन महोत्सव संचालन गरिने आयोजकले जनाएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले तेस्रो पटक अन्तराष्ट्रिय व्यापार पर्यटन महोत्सव संचालन गर्न लागिएको बताए ।
अध्यक्ष जोशीले महोत्सव संचालनका लागि उद्योग वाणिज्य संघले वाणिज्य तथा आपूर्ति मन्त्रालयसंग सम्झौता भईसकेको बताए । ‘हामीले मन्त्रालयसंग सम्झौता गरिसकेका छौँ, ‘उनले भने, ‘सम्झौता अनुरुप स्टलका लागि समेत तयारी अघि सारेका छौँ ।’
यस अघि वाणिज्य संघले दुई पटक देहरादुनमा मेला लगाईसकेको छ । सन ०१७ र ०१८मा पहिलो र दोस्रो पटक मेला संचालन गरिसकिएको र तेस्रो पटक ०२५मा गर्न लागेको बुझिन्छ । वाणिज्य संघ कञ्चनपुरका अध्यक्ष सुरेन्द्र रावलको पालामा दुई पटक गरिएको र अहिले पिताम्बर जोशीको पालामा तेस्रो पटक मेला गर्न लागिएको छ ।
६ वर्षपछि हुन लागेको महोत्सवमा नेपाली बस्तु तथा सेवाका ५०भन्दा बढि स्टल रहने अध्यक्ष जोशीले बताए । ‘कोरोना महामारीदेखि विविध समस्याले हामीले यस विचमा भारतमा मेला लगाउन सकेनौँ, ‘अध्यक्ष जोशीले भने, ‘अब फेरी सरकारसंग समन्वय गरेर मेला संचालन गर्दैछौँ ।’
नेपाली बस्तु तथा सेवाको भारतीय बजारमा पु¥याउन, भारतसंगको ब्यापार घाटा घटाउन, नेपाली बस्तुलाई अन्तराष्ट्रिय बजारसम्मै पु¥याउने उदेश्यका साथ मेला संचालन गर्न लागिएको बताए । एक सातासम्म संचालन हुने मेलामा नेपाली उत्पादित बस्तुको प्रर्बद्धन गरिने छ ।
यसरी वाणिज्य संघले सरकारसंगको साझेदारीमा आफ्ना नेपाली बस्तु बस्तुको अन्तराष्ट्रिय बजारीकरणका लागि गर्ने पहलबाट नेपालको व्यापारमा प्रर्बद्धन हुने अपेक्षा गरिएको छ ।