|लेखक - लक्ष्मण दियाल
गगन थापा र म(अर्थात नेपाली युवा) र गगन थापा जी को हिजोको किर्तिपुरको भाषण !
गगन थापा त्रिचन्द्र कलेज मै पढ्नु भएकोले पनि होला र त्रिचन्द्र कलेज राजनीतिको विशेष अखाडा भएकोले पनि होला ।
लगभग बीस वर्षअघि तिर गगन थापा त्रिचन्द्र कलेजमा विभिन्न कार्यक्रमहरुमा निकै बढी आइरहनु हुन्थ्यो र प्रभावशाली भाषण दिनु हुन्थ्यो र त्यसै समय हाराहारीमा हामी पर-परबाट पढ्न कै लागि भनेर त्रिचन्द्र कलेज पुगेका युवाहरु उहाँको भाषण सुनेर निकै प्रभावित हुन्थ्यौं ।
हामी उहाँको फ्यान नै थियौं भन्दा हुन्छ , जसरी केही युवाहरु अझै पनि उहाँको फ्यान भएको देख्छु ।
२० बर्षअघि पनि भन्नुहुन्थ्यो
तर, उहाँ २० बर्षअघि पनि भन्नुहुन्थ्यो कि नेपाली काँग्रेस/आफूहरुले राज्य सञ्चालन गर्न पाई रहनु भयो भने दुई चार बर्ष मै देश समृद्ध हुन्छ । अनि हिजो हाराहारी २० बर्षपछि पनि कीर्तिपुरमा फेरी त्यस्तै कुरा भन्दै गरेको सुनियो !
महिनाकाे ३/४ लाख
५,६,७ साल भित्र मलेसिया, कतार नगई कीर्तिपुर कै डाँडामा बसेर ल्याप टप चलाएर महिनाको २,३,४ लाख कमाउने बनाउन सकिन्छ यहाँको युवाहरुलाई...
म पनि आशै-आशामा कैयौं दिन संगै हिडेँ
६२/६३ को जनआन्दोलनमा TU को विद्यार्थीको रूपमा म पनि "नेपाल अब त बन्छ नै, यिनै राजनैतिक दलहरुले पक्कै बनाउँछन्" भन्ने आशै-आशामा यिनीहरू सँगै कैयौं दिन, हरेक दिन १० किलो मीटरको दरले हिँड्दै ज्यानको जोखिम बीच आन्दोलनमा सहभागी भएकाे थिएँ ।
तर, आज पनि देश अझझन दयनीय स्थितिमा छ । यिनीहरूको भाषण उस्तै छ र केही युवाहरु अझै पनि यिनीहरूको भाषण कै ललीपप चुसी रहेको देख्दा निकै दुःख लाग्छ ! ऐलेको नवयुवाहरु त हामीहरु भन्दा अझ smart र सचेत हुनुपर्छ है !
भाषण र ललिपप
प्रिय संसार बोक्न सक्ने क्षमता भएका असल/इमान्दार युवाहरु अब कसै व्यक्ति या पार्टीको घोषणा पत्र चिल्लो भाषण, सकुनी जस्तो चाप्लुसी या तपाईं मात्रै सँगको व्यक्तिगत सम्बन्धका कारण होईन बरु कसैको पनि विगत र वर्तमानका कामहरू, इमान, भिजन, क्षमतालाई हेरेर राजनीतिक समर्थन प्रदान गरौँ । होईन भने अझ पनि आगामी कयौं दशक सम्म हामी कहीं पनि पुग्दैनौं !
६२/६३ तिरको भद्रगोल नेपाल र ऐले झन बढी हरिबिजोग भएको नेपाल पनि उस्ता-उस्तै छ । यिनीहरूले दिने भाषणको ललीपप पनि उस्तै-उस्तै छन् ।
त्यति खेर जन-आन्दोलनमा सडकमा गुन्जिएका नारा पनि उस्तै-उस्तै छन् र ऐले सडकहरूमा गुञ्जिने नाराहरु पनि लगभग उस्तै छन् । ऐले फरक यत्ति छ कि सडकका नाराहरुमा गाली खाने पात्रहरु मात्रै फरक छन् ।
जागौँ-जगाऔँ नेपालीहरुको चेतना स्तर राम्रो हुँदैछ शुभकामना। आशाबादी छुँ !
लक्ष्मण दियाल - (प्रिन्सिपल) वात्सल्य विद्या निकेतन बेलाैरी, कञ्चनपुर