कञ्चनपुर -
पवनदुत सार्वजनिक यातायात सेवा प्रालिको अध्यक्षमा महेश प्रशाद बोहरा चयन भएका छन् । शनिबार महेन्द्रनगरमा पवनदुत सार्वजनिक यातायात सेवा प्रालिको पाँचौँ बार्षिक साधारण सभा तथा दोस्रो अधिवेनबाट अध्यक्षमा सर्वसम्मत बोहरा चयन भएका हुन् ।
पवनदुत सार्वजनिक यातायात सेवा प्रालिका कार्यालय प्रमुख माधव प्रशाद भट्टले सर्वसम्मतीय आधारमा अध्यक्ष सहित पदाधिकारी, सदस्य नयाँ कार्य समिति चयन भएको बताए । उनका अनुसार बरिष्ठ उपाध्यक्ष देवीदत्त पन्त, उपाध्यक्ष डम्बर बहादुर विष्ट, महासचिव विष्णूदत्त जोशी, सचिव राम बहादुर धामी, कोषाध्यक्ष भरत पन्त, सदस्य कृष्ण बहादुर विष्ट, टेक बहादुर ऐर, दुर्गादत्त भट्ट, तेजेन्द्र चन्द रहेका छन् । भने पूर्णसिह हमाल लेखा संयोजक रहेका छन् ।
पवनदुत सार्वजनिक यातायात सेवा प्रालिका दोस्रो पटक सचिवमा चयन भएका युवा व्यवसायी राम बहादुर धामीले सहमतीय आधारमा समिति चयन भएसंगै थप सेवा विस्तारका कार्यक्रम अघि बढाईने बताए । पवनदुत सार्वजनिक यातायात सेवा प्रालिको अध्यक्षमा सर्वसम्मत चयन भएका महेशराज बोहराले व्यवसायीको हकहितका साथै गुणस्तरीय सेवा विस्तारमा प्रतिबद्धता जोहर गरेका छन् ।