सिरियाको ठूलो शहर अलेपोबाट सरकारी सेना फिर्ता

होमपेज / अन्तर्राष्ट्रिय / मुख्य समाचार / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • १६ मंसिर २०८१ (२ महिना अघि)
  • ७९

सिरियाको ठूलो शहर अलेपोबाट सरकारी सेना फिर्ता भएको छ । बिद्रोही समूहले गएको बुधवारदेखि शुरु गरेको आक्रमणका क्रममा शहरका सबैजसो भाग कब्जा गरेपछि सरकारी सेना फिर्ता भएको बीबीसीले जनाएको छ । तर सेनाले समय अनुकुल बनाएर जवाफी आक्रमण गर्ने बताएको छ । अहिले अलेपोका सबै सरकारी निकाय तथा कार्यालयहरु बिद्रोहीको नियन्त्रणमा छन् ।

बिद्रोहीले गरेको आक्रमणको क्रममा २० जनाभन्दा धेरै सर्वसाधारणसहित तीन सय जनाभन्दा धेरै मारिएका बीबीसीले जनाएको छ । सन् २०१६ मा राष्ट्रपति बसर अल–असदको सेनाले परास्त गरेयता पहिलोपटक विद्रोहीहरू अलेपो पुगेका हुन् ।

सन् २०११ मा प्रजातन्त्र पक्षधर विरोध प्रदर्शनहरूमा सरकारले दमन गरेपछि शुरु भएको गृहयुद्धमा पाँच लाखभन्दा धेरै मानिसहरू मारिएका छन् । सन् २०२० मा टर्की र सिरियाको प्रमुख सहयोगी रुसले युद्धविराम गराएसँगै लडाइँ कम भएको थियो । तर अहिले रुससहित सिरियाका सहयोगीहरु आफैं युद्धमा रहेको मौकामा सिरियामा बिद्रोहीहरुको आक्रमण बढेको छ । 

अन्तिम अध्यावधिक: १६ मंसिर २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस