यू–१९ एशिया कप : नेपाल लगातार दाेस्राे खेलमा पराजित

होमपेज / खेलकुद / मुख्य समाचार /
  • रेडियो सुदूर सञ्चार
  • १६ मंसिर २०८१ (२ महिना अघि)
  • १४१

१९ वर्षमुनिको पुरुष एशिया कप क्रिकेटमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । यूएईमा चलिरहेको प्रतियोगितामा नेपाल आज बङ्गलादेशसँग ५ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १ सय ४२ रनको लक्ष्य बङ्गलादेशले २८ ओभर ४ बलमा ५ विकेट गुमाएर भेटायो । बङ्गलादेशका जवाद अब्राररले ५९, कप्तान अजिजुल हकिमले नटआउट ५२ रन बनाउ । नेपालका युवराज खत्रीले ४ र कप्तान हेमन्त धामीले १ विकेट लिए ।

यसअघि दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४५ ओभर ४ बलमा १ सय ४१ रनमा अलआउट भयो । नेपालका ओपनर ब्याटर आकाश त्रिपाठीले सबैभन्दा धेरै ४३ रन बनाए । यस्तै अभिषेक तिवारीले २९, उत्तम मगरले २९ रन बनाए । बङ्गलादेशका अल फहाद, इकबाल होसेन इमोन र रिजान होसनले २/२ विकेट लिए ।

नेपाल पहिलो खेलमा श्रीलङ्कासँग ५५ रनले पराजित भएको थियो । नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेलमा मङ्सिर १८ गते अफगानिस्तानसँग खेल्नेछ ।

१९ वर्षमुनिको एशिया कप क्रिकेटको समूह ‘ए’ मा भारत, पाकिस्तान, जापान र यूएई छन् । समूह ‘बी’ मा नेपाल, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

अन्तिम अध्यावधिक: १६ मंसिर २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस