प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारी अन्तिम चरणमा

होमपेज / पर्यटन / मुख्य समाचार / राजनीति /
  • रेडियो सुदूर सञ्चार
  • १६ मंसिर २०८१ (२ महिना अघि)
  • ८९

प्रधानमन्त्री केपी शर्मा ओलीको भोलिदेखि शुरु हुने चारदिने चीन भ्रमणको तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हिजो राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर चीन भ्रमणको तयारीबारे जानकारी गराउनुभएको छ ।

भ्रमण तयारीको लागि चीन जानुभएकी परराष्ट्रमन्त्री राणा चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेर हिजो स्वदेश फर्कनुभएको हो । बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) सम्बन्धी सम्झौताको दस्ताबेजमा सत्तारूढ कांग्रेस र एमालेबीच सहमति भइसकेको छ । दस्ताबेजको मस्यौदा नेपाल सरकारले चीन सरकारलाई पठाइसकेको छ । यसबारे परराष्ट्रमन्त्री राणाले अस्ति चीनमा रहेकै बेलामा चिनियाँ अधिकारीलाई जानकारी गराउनुभएको छ ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणको बेला मस्यौदामा हस्ताक्षर हुने नेताहरुले बताएका छन् । बीआरआईअन्तर्गत सञ्चालन हुने परियोजनामा नेपाल सरकारले अनुदान मात्रै लिने सत्तारूढ दुई दलको साझा धारणा बनेको हो । बीआरआई सहकार्य फ्रेमवर्कको मस्यौदामा नेपालले पूर्वाधार, सहरी विकास र कनेक्टिभिटीसँग सम्बन्धित एक दर्जन परियोजनाको सूचीसमेत राखिएको छ ।

नेपालले बीआरआईका लागि टोखा–खहरे सुरुङमार्ग, हिल्सा–सिमकोट सडक, किमाथाङ्का–खाँदबारी सडक र पुल, जिलोङ–केरुङ–काठमाण्डौ सीमापार रेलमार्ग, काठमाण्डौ–हेटौंडा पोडवे, अमरगढी सिटी हल, जिलोङ–केरुङ–रसुवागढी चिलिमे २२० केभी सीमापार प्रसारण लाइन, काठमाण्डौ उपत्यका प्रसारण लाइन स्तरोन्नति, मदन भण्डारी विश्वविद्यालय, काठमाण्डौ साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम, चीन–नेपाल औद्योगिक मित्रपार्क र झापा स्पोट्र्स एन्ड एथलेक्टिस कम्प्लेक्स परियोजना अघि सार्न लागेको हो ।

अन्तिम अध्यावधिक: १६ मंसिर २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस