भीमदत्त नगरपालिका ६ मा काँग्रेसका चन्द निर्वाचित 

होमपेज / मुख्य समाचार / राजनीति / समाचार / समाज /
काँग्रेसका चन्द ६ सय २० मतान्तरले निर्वाचित, उनको १ हजार १ सय ७ र एमालेका उम्मेदवारकाे ४ सय ८७ मत ।
  • रेडियो सुदूर सञ्चार
  • १७ मंसिर २०८१ (२ महिना अघि)
  • ३४०

कञ्चनपुर -
 
कञ्चनपुरको भीमदत्त नगरपालिका ६ नम्बर वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार प्रकास बहादुर चन्द निर्वाचित भएका छन् ।

काँग्रेसका उम्मेदवार प्रकास बहादुर चन्दले एमाले उम्मेदरबार बहादुर चन्दलाई ६ सय २० मतको अन्तरले हराउँदै वडाध्यक्षमा निर्वाचित भएका हुन् । काँग्रेसका उम्मेदवार चन्दले १ हजार १ सय ७ र एमाले उम्मेदवार बहादुर चन्दले ४ सय ८७ मत ल्याएका थिए । 

तेस्रो पटक चुनाव लडेका राप्रपा उम्मेदवार शुशिल कुमार भट्टले ३ सय ६९, पहिलो पटक चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पाटीका उम्मेदवार रामदत्त भट्टले २ सय १८ , नेकपा एकीकृत समाजवादीका उम्मेदवार जितेन्द्र चन्दले २ सय २५, नेकपा माअ‍ोवादी उम्मेदवार नानाराम ओलीले १ सय २२, राप्रपा नेपालका उम्मेदार दिल बहादुर धामीले २४, नागरिक उन्मुक्ति पाटीका उम्मेदवार हरिष डगौराले १ सय २६, नेमकीपा उम्मेदवार दल बहादुर बोहराले १२, जनमत पाटीका उम्मेदवार यादव चन्दले ५, स्वतन्त्र उम्मेदवार थानेश्वर प्रशाद लेकखकले १ सय ४२ र अर्का स्वतन्त्र उम्मेदबार युवराज चन्दले ९९ मत ल्याएका थिए । कुल ५ हजार ४ सय २३ मतदाता रहेको उक्त वडामा २ हजार ९ सय ९१ मत खसेको र ५४ मत बदर २ हजार ९ सय ३७ मत सदर भएका थिए । 

अहिले नेपाली काँग्रेस भीमदत्त नगर ५ कै वडा सभापति समेत रहेका प्रकास बहादुर चन्दले पनि यस अघि ०७९मा काँग्रेसकै उम्मेदवार स्व. महेन्द्र खडका भन्दा ४ मत बढि ल्याएका छन् । उतिबेला काँग्रेसले १ हजार १ सय ३ मत ल्याएको थियो ।

एमाले र काँग्रेसका उम्मेदवार काका भतिज, एमाले, राप्रपा उम्मेदवार मितज्यू, एमाले, समाजवादी उम्मेदवार बाजेनाती रहेको छ । काँग्रेस, एमाले, समाजवादी र राप्रपाका उम्मेदवार एकै भगवती टोलमा रहेका छन् । 

भीनपा ६ को उप निर्वाचनमा एमालेबाट काका बहादुरलाई हराउँदै भतिज प्रकाश बहादुर चन्द भारी मतले निर्वाचित भएका छन् । 

भीनपा ६को वडा पुन: काँग्रेसले नै कब्जा गर्न सफल भएको छ । निर्वाचित भएपछि काँग्रेस उम्मेदबार प्रकाश बहादुर चन्दले चुनावमा जनतासंग गरेका बाँचापूरा गर्ने प्रण गरेका छन् । उनले चुनावका बेला जनतासंग गरेका बाचादेखि स्व. महेन्द्र खडकाले अघि सारेका योजना कार्यान्वयन गर्ने बताए। 

यस पटक उप निर्वाचनमा एमाले, समाजवादी र राप्रपाको जनमत घटेको छ । मुख्य निर्वाचन अधिकृत लिलाराज अधिकारीले आइतबार राति नै शान्तिपूर्ण वातावरणमा मत गणना सम्पन्न भएको जनाए ।

अन्तिम अध्यावधिक: १७ मंसिर २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस