बर्दियाकाे ठाकुरबाबा नगरपालिका–४ काे वडाध्यक्षमा कांग्रेसका थारु विजयी

होमपेज / समाचार / समाज /
  • रेडियो सुदूर सञ्चार
  • १७ मंसिर २०८१ (२ महिना अघि)
  • ११५

बर्दिया -

बर्दियाको ठाकुरबाबा नगरपालिका–४ को वडाध्यक्षमा नेपाली कांग्रेसका अमिन थारु विजयी हुनुभएकाे छ ।

हिजाे भएकाे उपचुनावमा कांग्रेसका थारु १ हजार ४३ मतसहित विजयी हुनुभएको निर्वाचन आयाेगले जानकारी दिएकाे छ । उहाँका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का शेरबहादुर थारुले ६ सय ७८ र नेकपा एमालेका विष्णुप्रसाद देवकोटाले ३ सय ३७ मत प्राप्त गर्नुभएकाे छ ।

यस्तै नागरिक उन्मुक्ति पार्टीकी प्रितिलाल थारुले ७०, राप्रपाका रत्नबहादुर शाहीले ५२ र रास्वपाका वासुदेव शर्माले १७ मत प्राप्त गरेका छन् ।

३ हजार ५ सय १० मतदाता रहेका ठाकुरबाबा–४ मा २ हजार २ सय ३९ मत खसेकाे थियाे । खसेकाे मध्ये ३ हजार ४० मत बदर भएकाे छ ।

ठाकुरबाबा–४ मा यसअघि पनि कांग्रेस नै विजयी भएको थियो ।

अन्तिम अध्यावधिक: १७ मंसिर २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस