कञ्चनपुर -
नेपाल शिक्षक महासंघले सुदूरपश्चि विश्वविद्यालयका उपप्राध्यापक पृथ्वीराज भट्टमाथि कानुनी कार्बाहीको माग अघि सारेको छ ।
शिक्षक महासंघ भीमदत्त नगर समिति र कञ्चनपुर जिल्ला कार्य समितिले छुट्टाछुट्टै विज्ञप्ती जारी गरेर सुपविका उपप्राध्यापक पृथ्वीराज भट्टमाथि कानुनी कार्बाहीको माग अघि सारेको हो । शिक्षक महासंघ जिल्ला, नगर समितिले महेन्द्रनगर नमुना मावि(साधारण स्कुल)मा कार्यरत शिक्षिका समेत रहेकी जयन्ती भट्टलाई मादक पदार्थ सेवन गरेर कुटपिट गरेको भन्दै कार्बाहीको माग अघि सारेका हुन् ।
लैङिक हिन्सा बिरुद्धको १६ दिने अभियान चलेकै बेला प्राज्ञिक क्षेत्रका व्यक्तिबाट यस्तो कार्य निन्दनिय भएको समेत उख्लेख गरेका छन् ।
शिक्षक महासंघ भीमदत्त नगरका उपाध्यक्ष नवराज जोशी, सह सचिव गोपाल दत्त जोशी, अध्यक्ष दिवाकर जोशी र जिल्ला जगदिश प्रशाद जोशीले सोमबार जारी गरेको प्रेस विज्ञप्तीमा दोषिलाई पक्राउ गरेर कानुनी कार्बाही नगरिए आन्दोलनको चेतावनी दिएका छन् । प्राज्ञिक क्षेत्रकै व्यक्तिबाटै यस्तो कार्य निन्दनिय भएकाले आगामी दिनमा स्वयम शिक्षक, प्राध्यापकबाटै यस्तो कार्य न्यूनिकरणमा जोडदिएका छन् ।