दिनेश चौधरी / बेलाैरी, कञ्चनपुर -
कञ्चनपुरको बेलडाँडी सीमावर्ती गाँउबाट भारतीय लागूऔषधका तस्कर पक्राउ गरेका छन् । आइतबार बेलडाँडी गाँउपालिका ४ वैवाह सीमावर्ती गाँउ क्षेत्रबाट नेपालमा लागूऔषध तस्करी गर्ने एक भारतीय तस्कर सहित अर्का नेपाली पक्राउ परेका हुन् ।
ईलाका प्रहरी कार्यालय बेलडाँडीको टोलीले वैवाह ३२ नम्बर सीमा पिलर क्षेत्रबाट भारत उत्तरप्रदेश टारगञ्ज बस्ने चुम्मन सिह सहित बेलडाँडी २ का सन्दीप शाहीलाई पक्राउ परेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेश जोशीले उनीहरुको साथबाट १३.३९ ग्राम खौरो हिरोईन बरामद गरेको बताए ।
उनीहरुमाथि कार्बाहीका लागि समेत १७ मंसिरमा अदलातबाट १० दिनको म्याद थप गरेर बेलडाँडी ईप्रकाले अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।