एनपीएल : चितवनसँग पोखरा ८७ रनले पराजित

होमपेज / खेलकुद / मुख्य समाचार / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • १८ मंसिर २०८१ (२ महिना अघि)
  • १५७

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलरबारको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको छ ।

सोहल तानवीर र रिजन ढकालले घातक बलिङ गरेपछि पोखरा एभेन्जर्सले फराकिलो हार भोगेको हो ।

कीर्तिपुर मैदानमा यी दुई बलरले १६२ रनको चुनौती पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको पोखराका ब्याटरलाई धरासायी बनाएका हुन् ।

चिवतनले दिएको १६२ रनको लक्ष्य पछ्याएको पोखराले १३ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै मात्रै ७४ रन जोड्यो ।

टस जितेर जावाफी ब्याटिङमा उत्रिएको पोखरालाई सुरुवाती बलमै झट्का लाग्यो । ओपनर तथा कप्तान कुशल भुर्तेल पहिलै बलमा रनको खाता नखोली आउट भए । सोहल तानवीरले रवि बोपारमार्फत् क्याच आयट गराए ।

पोखरालाई झट्का लाग्ने क्रम रोकिएन । पहिलो ओभरमै तीन विकेट खस्यो । दिलिप नाथ पहिलो ओभरको पाँचौ बल र बास दे लीडे पहिलो ओभरको अन्तिम बलमा आउट भए ।

दोस्रो ओभरमा पोखराले खेल लयमा पर्काउने प्रयास गरेको थियो । कुनै विकेट खसेन । तर तेस्रो आभेर रिजन ढकाल पोखराका लागि घातक बलर सावित भए । उनले तेस्रो ओभरमा तीन विकेट लिए ।

रिजनले तेस्रो ओभरको पहिलो बलमा दिनेश खरेल, चौथो बलमा किरण थगुन्ना र अन्तिम बलममा माइकल लिस्कलाई एलबीडब्ल्यू आउट गरे ।

अन्तिम अध्यावधिक: १८ मंसिर २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस