कर्णालीले विराटनगरलाई दियो १३४ रनको लक्ष्य

होमपेज / खेलकुद / मुख्य समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २२ मंसिर २०८१ (२ महिना अघि)
  • १३४

नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले विराटनगर किंग्सलाई १३४ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णाली दुई अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा १३३ रनमा समेटियो ।

कर्णालीका ओपनर देव खनाल र विलियम बोसिस्टाले अर्धशतक प्रहार गरे । देव ४८ बलमा ५३ र बोसिस्टा ४९ बलमा ६६ रनमा आउट भए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । ९ रनमा २ विकेट गुमाएको कर्णालीको ब्याटिङ देव र बोसिस्टाले सम्हालेका थिए । कर्णालीले अन्तिम ओभरमा ४ विकेट गुमाउन पुग्यो ।

बलिङमा विराटनगरका प्रतिश जीसीले ४, क्रिस सोल र बसिर अहमदले २-२ तथा अकिव इल्यासले एक विकेट लिए ।

 

 

दुई खेलमा एक हार र एक जित निकालेका दुवै टोली दोस्रो जीतको खोजीमा छन् ।

अन्तिम अध्यावधिक: २२ मंसिर २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस