बेलौरीका विपन्न विद्यार्थीलाई निःशुल्क कम्प्युटर तालिम

होमपेज / मुख्य समाचार / समाचार /
विद्यार्थी हर्षित
  • रेडियो सुदूर सञ्चार
  • २२ मंसिर २०८१ (२ महिना अघि)
  • ३५१

बेलौरी, कञ्चनपुर -

कञ्चनपुरको बेलौरीका विपन्न समुदायका विद्यार्थीलाई निःशुल्क कम्प्युटर तालिम दिन लागिएको छ । बेलौरी नगरपालिका स्थानीय सरकारले विपन्न समुदायका विद्यार्थीलाई निःशुल्क कम्प्युटर तालिम दिन लागिएको हो ।

प्राविधिक शिक्षामा गरिब, विपन्न समुदायका विद्यार्थीको पहुँच बृद्धिका लागि बेलाैरी बजारमा तालिम सञ्चालन गरिएको बेलौरी नगरपालिकाले जनाएको छ ।

शनिबारदेखि कम्प्युटर अपरेटर कोर्ष र बेसिक डिल्लोमा काेर्ष तालिम संचालन गरिएको हो । बेलौरी नगरपालिका प्रमुख पोतिलाल चौधरीले तालिमको उद्घाटन गर्दै विपन्न समुदायका विद्यार्थीका लागि निःशुल्क तालिम संचालन गर्न लागिएको बताए । 

मेयर चौधरीका अनुसार कमलहरी, शहिद तथा वेपत्ता परिवार, आरक्षपीडित, आदिवासी जनजाती, दलित गरिब, जेहेन्दार तथा अति विपन्न विद्यार्थीका लागि दुई कोर्षमा तालिम संचालन गरिएको छ ।,

मेयर चौधरीले तालिमबाट सिकेका विषयबस्तु व्यवहारिक ज्ञानमा प्रंयोग गर्दै अघि बढ्नुपर्नेमा जोडदिए । ५० विद्यार्थीलाई उक्त कम्प्युटर अपरेटर कोर्ष र बेसिक डिल्लोमा कोर्ष तालिम संचालन गरिएको मेयर चौधरीले बताए ।

यस अघि पनि बेलौरी नगरपालिकाले गरिब, विपन्न समुदायका विपन्न विद्यार्थीका लागि छात्रबृति देखिका सीपमुलक तालिम संचालन गर्दै आएको छ ।

उद्घाटन कार्यक्रममा बेलौरीका मेयर पोतिलाल चौधरी, ४ का वडाध्यक्ष अर्जुन ढकाल सहितका स्थानीय जनप्रतिनिधी, कर्मचारी एवम् विद्यार्थीहरुको सहभागिता रहेको थियो । निःशुल्क तालिम पाउने भएपछि स्थानीय विपन्न समुदायका विद्यार्थी हर्षित भएका छन् । 

 

अन्तिम अध्यावधिक: २३ मंसिर २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस