जाडोमा शरीर किन काँप्छ ?

होमपेज / स्वास्थ्य/शिक्षा /
  • रेडियो सुदूर सञ्चार
  • २२ मंसिर २०८१ (२ महिना अघि)
  • १५७

गर्मी र जाडो मौसममा हरेक व्यक्तिको छालाले फरक प्रतिक्रिया दिन्छ । छालामा हुने तापक्रम सेन्सरले जाडो वा गर्मीको प्रतिक्रिया दिन्छ । कतिपय मानिसमा यी सेन्सरहरू कानमा बढी हुन्छन् भने कतिपयमा शरीरको अन्य भागमा धेरै हुनसक्छ । यसबाहेक शरीरमा तापक्रम सेन्सरहरूको सङ्ख्या व्यक्तिपिच्छे फरक हुन सक्छ । त्यसैले कसैलाई जाडोमा धेरै जाडो हुन्छ भने कसैलाई गर्मीमा धेरै गर्मी ।

जाडो मौसममा बाहिर निस्कँदा, चिसो पानीले नुहाउँदा जीउ लुगलुग काम्छ । जब शरीरको तापक्रम सामान्य तापक्रमभन्दा कम हुन्छ, तब हाम्रो शरीर काँप्न थाल्छ । शरीरको तापक्रम घट्छ, मस्तिष्कको हाइपोथ्यालेमस भाग सक्रिय हुन्छ, जसले चिसो महसुस गर्दा सम्पूर्ण शरीरमा सङ्केत पठाउँछ र सङ्केत प्राप्त हुने बित्तिकै शरीर काँप्न थाल्छ ।

शरीर काँप्नु मांसपेशीको एक स्वचालित गति हो । शरीर काँप्दा शरीरका मांसपेशीहरू तेज गतिमा फैलिने र खुम्चिने हुन्छ । हरेक पटक मांसपेशी खुम्चिने क्रममा उक्त मांसपेशीका कोषिकाहरुमा खाद्य र ऊर्जा अधिक खर्च हुन जान्छ । जसकारण ताप उत्पन्न हुन्छ । त्यसैले काँप्नु शरी को एउटा यस्तो प्रक्रिया हो, जसमा मांसपेशीहरूले सामान्य अवस्था भन्दा बढी कार्य गर्दै शरीरलाई न्यानो राख्छ । शरीरलाई न्यानो राख्न अधिक शक्ति खर्च हुने हुँदा तापक्रम खिच्ने क्रममा शरीर काँप्छ ।

रगतमा केही इन्जाइमहरू हुन्छन् जसले रासायनिक प्रतिक्रिया दिन्छन् । तर जब तापक्रम कम हुन्छ, तिनीहरू त्यसो गर्न असमर्थ हुन्छन्, त्यसैले शरीरले आफूलाई न्यानो राख्न ताप उत्पादन गर्छ । यसका लागि धेरै मांसपेशी मिलेर काम गर्छन् । यस्तो अवस्थामा पनि शरीर काँप्न सुरु हुन्छ, जसलाई नियन्त्रण गर्न सक्दैन ।

जाडो वा गर्मी मौसममा ज्वरो आउने बेलामा हाम्रो शरीरको तापक्रम घट्न थालेपछि शरीर काँप्न थाल्छ । जब शरीर काँप्न थाल्छ र जब शरीर हल्लिन्छ, शरीरभित्र गर्मी उत्पन्न हुन्छ ।

शरीर काँपेसँगै काँडा किन उम्रिन्छ ?

शरीर काँपेसँगै छालाका कोषिकाहरु कम हुन थाल्छन्, जसले गर्दा शरीरमा उत्पन्न हुने ताप बाहिरको हावामा नफर्कियोस् । यही कारण शरीर काँप्नेसँगै छालामा काँडा उम्रिने पनि हुन्छ ।

क्यालोरीहरू स्वचालित रूपमा जल्छन्

जाडो मौसममा डाइटिङ र एक्सरसाइज विना नै क्यालोरी घट्छ । न्यानो रहन शरीर आफैंले बढी गर्मी उत्पन्न गर्नुपर्छ । गर्मी उत्पन्न गर्ने क्रममा शरीरको क्यालोरी जलाउँछ ।

शरीरको औसत सामान्य तापमान कति हुनुपर्छ ?

मानिसको शरीरको सामान्य तापमान ९८ दशमलव ६ डिग्री फरेनहाइट मानिन्छ । यद्यपि यो ९७ डिग्री फरेनहाइट देखि ९९ डिग्री फरेनहाइटसम्म घटबढ हुनसक्छ । जस्तो कि शरीरको तापमान मध्यान्हमा बिहानभन्दा बढी हुन्छ । त्यसैगरी युवा र वृद्धको तुलनामा सानो बच्चाको तापमान बढी हुन्छ ।

(डा. सरस्वती भट्टराई जनरल फिजिसियन हुन् ।)

अन्तिम अध्यावधिक: २२ मंसिर २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस