नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सबै राजनीतिक दलसँगको समझदारीमा संविधान संशोधन गर्नुपर्नेमा जोड दिनुभएको छ । आज चितवनमा भएको पत्रकार सम्मेलनमा उहाँले वर्तमान सरकार गठनका बेला भएको सहमतिअनुसार संविधान संशोधन हुनुपर्ने बताउनुभयो । तर नेपाली कांग्रेस र एमालेले मात्रै संविधान संशोधन गरेर नहुने उहाँको भनाइ छ ।
फरक प्रसङ्गमा कांग्रेस नेता कोइरालाले वर्तमान सरकार परिवर्तन नहुने बताउनुभयो । सुशासन कायम गर्न सबैको सक्रिय सहयोग अपरिहार्य रहेकोमा उहाँको जोड छ । नेता कोइरालाले बीआरआईसम्बन्धी चीन र नेपालबीचको सम्झौता ऋण नभइ अनुदान रहनेसमेत बताउनुभएको छ ।