बेलाैरी, कञ्चनपुर -
कञ्चनपुरको बेलौरीमा संचालन भएको रामलिलामा भगवान रामको भूमिकामा रामलिला खेलका एक पात्रले आफूलाई पाएको पुरस्कार मन्दिरलाई सहयोग गरेका छन् ।
रामकाे भूमिका निर्वाह गरेका दिपेन्द्र सिंह विष्टले आफूले दर्शकबाट पाएको पुरस्कार मन्दिरलाई आर्थिक सहयोग गरेका हुन् ।
विष्ट बेलाैरी ६ विद्यानगरका स्थानीय एवम् सुदूरपश्चिम प्रदेश सरकार आन्तरिक कानुन मन्त्रालयका शाखा अधिकृत हुन् ।
उनले आफ्नाे अभिनयबाट प्रभावित भएर दर्शकबाट पाएको माया सद्भाव बाफतको पुरस्कार बाफतको रकम बेलाैरीकाे ऐतिहासिक कालिका मन्दिरको विकासका लागि भन्दै सहयोग गरेको बताए ।
विष्टले कालिका मन्दिर समितिलाई नगद रु १० हजार हस्तान्तरण गरेकाे कालिका मन्दिर निर्माण समिति संयोजक प्रकाश राज पन्तले बताए ।
मन्दिर निर्माण समितिले रामलीलामा रामको भूमिका निर्वाह गरेका शाखा अधिकृत विष्टलाई खादामाला सहित सम्मान गरेको छ ।
भने, आफुले पाएको पुरस्कार मन्दिरको बृद्धि विकासका लागि सहयोग गरेको भन्दै उनकाे चाैतर्फी प्रसंशा भइरहेको छ ।