कञ्चनपुर : मापदण्ड बिपरित नदिजन्य पदार्थ उत्खनन्

होमपेज / मुख्य समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २४ मंसिर २०८१ (१ महिना अघि)
  • १८१

कञ्चनपुर -

कञ्चनपुरको कृष्णपुर नगरपालिका स्थित बण्ड नदीबाट मापदण्ड बिपरित नदिजन्य पदार्थ उत्खनन् भईरहेको पाईएको छ । आइईई समेत नभएको स्थानबाट केही व्यवसायीले मापदण्ड विपरित नदीजन्य पदार्थ संकलन गर्ने गरेको पाइएको हो । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर १ स्थित बण्ड नदीबाट मापदण्ड विपरित नदीजन्य पदार्थ उत्खनन भईरहको पाईएको छ ।

 

चुरे फेदको २ किलोमिटर क्षेत्र भित्रबाट उत्खनन् गर्न नपाइने प्रावधान विपरित व्यवसायीले चुरे नजिकैबाट उत्खनन् गर्ने गरेको पाइएको हो । स्थानीयका अनुसार व्यवसायीले चुरे फेदमै पुगेर नदीजन्य पदार्थ उत्खनन् गर्ने गरेका छन् । सो विषयमा जानकारी गराउँदा सरोकारवाला निकायले कुनै चासो दिएका स्थानीयको आरोप छ । उक्त क्षेत्रमा पर्ने विशाल सामुदायिक वनकी संरक्षक लालमती धानुकले जबरजस्ती गरेर केही व्यवसायीले नदीजन्य पदार्थ उत्खनन् गर्ने गरेको बताए । उनले नगरपालिकाले रेखाङ्कन गरेको चुरे क्षेत्रमै  उत्खनन् भईरहेको बताए । 

कृष्णपुर नगरपालिका वडा नम्बर १ का अध्यक्ष मोहन बहादुर बस्नेतले मापदण्ड विपरित उत्खनन् भईरहेको भन्ने सुनेको बताए । सो विषयमा आफुले नगरपालिकालाई जानकारी गराउने उनको भनाई छ । कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझा मापदण्ड विपरित उत्खनन् गरेको भेटिए कानून अनुसार कारवाही गरिने बताउछन् । गत वर्ष मापदण्ड विपरित उत्खनन् गर्ने व्यवसायीलाई कारवाही गरी १५ लाख जरिवाना अशुल गरिएको उनले बताए। यस वर्ष पनि खोलानालको अनुगमन गर्न कर्मचारीलाई निर्देशन दिइसकेको उनको भनाई छ ।

कृष्णपुर नगरपालिकाले बण्ड नदी, ओदाली खोला र मछली खोलाको नदीजन्य पदार्थ संकलनका लागि आरभ निमार्ण सेवालाई ६ करोडमा ठेका दिएको छ । सो कम्पनिले तोकेको स्थान बाहिरबाट पनि उत्खनन् गर्ने गरेको स्थानीयको आरोप छ ।

 

 

अन्तिम अध्यावधिक: २४ मंसिर २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस