बेलौरी, कञ्चनपुर -
कञ्चनपुरबाट ३ लाख ४५ हजार ५ सय मूल्यको भन्सार छलीका अबैध सामान बरामद गरिएको छ । जिल्लाको बिभिन्न स्थान भीमदत्त नगरपालिका–११ चौकिसत्ता, बेलौरी नगरपालिका–६ भुराकोट र बेलौरी नगरपालिका–८ कलकत्ताबाट अबैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका सामान बरामद गरिएको हो ।
उक्त मूल्य बराबरको मोबाईल गलास, डिस्प्ले, माछा, किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।