चिसोमा दीर्घरोगीलाई मर्निङवाक जोखिमपूर्ण !

होमपेज / मुख्य समाचार / स्वास्थ्य/शिक्षा /
  • रेडियो सुदूर सञ्चार
  • २५ मंसिर २०८१ (१ महिना अघि)
  • १८१

यतिबेला चिसो मौसम छ। मौसम परिवर्तनसँगै हाम्रो जीवनशैलीमा परिवर्तन आउँछ। जस्तै आगो ताप्ने, मुडा बाल्ने जंगलमा डढेलो बढ्न थाल्छ। धुवाँ धुलोका कण १० पिपिएम र ग्याँसजन्य २ दशमलव ५ पिपिएम गरी दुई प्रकारका हुन्छन्। यी कणहरु सुख्खा मौसमका कारण बढ्न थाल्छन्।

वायुमण्डल हामीभन्दा केही माथि मात्रै घुमिराखेको हुन्छ। भौगोलिक बनोटका दृष्टिले काठमाडौं कचौरा जस्तो छ। जसका कारण यहाँको वायु वारपार हुन पाउँदैन। अहिलेको बढ्दो जनघनत्व, अव्यवस्थित शहरीकरण, अव्यवस्थित निर्माण, पुराना डिजेल इन्जिनहरु, कलकारखानामा पुराना मेसिन, धुवाँ फाल्ने मेसिन, जंगलमा लाग्ने डढेलोलगायतका कारण वायु प्रदूषण उच्च बिन्दुमा पुग्ने गर्दछ। अहिले यो बढ्दो क्रममै छ।

संसारमै काठमाडौं विश्वका उच्च प्रदुषणयुक्त शहरमा गनिन्छ। स्वीस वायु गुणस्तर मापन गर्ने कम्पनी आइक्यू एयरले काठमाडौंलाई तेस्रो प्रदूषित सहरको सूचीमा राखेको हो।

 

अल्पकालीन असर
वायु प्रदूषण बढ्दै गयो भने भाइरलका ब्याक्टेरियल संक्रमण पनि बढ्दै जान्छन्। धुवाँ र धुलोका कणमा भाइरस, ब्याक्टेरिया टाँसिएर हाम्रो नाक या श्वासनलीको माध्यमबाट फोक्सोसम्म पुग्ने गर्छन्। फोक्सोको एयरस्याक्स अर्थात् फोक्सोको अन्तिम बिन्दुसम्म तिनले प्रवेश पाउँछन्। ब्याक्टेरियाको पहुँच फोक्सोमा पुगेपछि त्यसले संक्रमण फैलाउँछ। त्यस्तै श्वासनलीमा म्युकस अर्थात र्याल, त्यो पनि सुख्खा हुन्छ।

वायु प्रदूषणको असर प्रत्यक्ष रुपमा नदेखिए पनि प्रत्येक १० जनामा १ जनाको मृत्युको कारण वायु प्रदूषण रहेको निष्कर्ष विश्व स्वास्थ्य संगठनले निकालेको छ।

श्वासनली सुख्खा भएर घाँटी खसखस हुने, खोकी लाग्ने, रुघा लाग्ने, नाक सुख्खा हुने जस्ता समस्या देखा पर्छन्। भाइरल र ब्याक्टेरिया इन्फेक्सन भयो भने ज्वरो आउने, पहेँलो खकार आउने, खकारमा रगत देखिने, छाती दुख्ने लगायतका समस्या हुने गर्दछन्।

दीर्घकालीन असर
वायु प्रदूषणको असर प्रत्यक्ष रुपमा नदेखिए पनि प्रत्येक १० जनामा १ जनाको मृत्युको कारण वायु प्रदूषण रहेको निष्कर्ष विश्व स्वास्थ्य संगठनले निकालेको छ। धूमपान कहिल्यै नगरेका व्यक्तिमा पनि क्यान्सर बढ्दो क्रममा छ। नेपालमा फोक्सोको क्यान्सर सर्वाधिक रहेको छ। त्यसको एउटा प्रमुख कारण वायु प्रदूषण हो भन्ने विभिन्न अध्ययनले देखाएका छन्।

त्यस्तै लामो समयसम्म वायु प्रदूषण प्रभाव रह्यो धुवाँ धुलोका कणहरु स्वासनली हुँदै रगतसम्म पुग्न थाल्छन् र रगतका धमनी नसा साँघुरीन थाल्छन्। जसका कारण उच्च रक्तचाप हुने, हृदयघात हुने, स्टोक अर्थात पक्षघात लगायतका दीर्घकालीन समस्याको जोखिम वायु प्रदूषणले बढाउने गर्दछ। त्यस्तै बाँझोपनको समस्या बढाउने, सुगर बढाउने, कपालका रौंहरु झर्ने, छालामा चाउरी पर्ने, आँखामा संक्रमण हुने, हाडजोर्नी कमजोर हुँदै जाने, जस्ता समस्या वायुप्रदूषणले बढाउने गर्दछ।

भाइरलले संक्रमण बढाउँछ
चिसो मौसम आफैंले नै संक्रमण बढाउँछ। श्वासनली साँघुरिने, रगतका नली खुम्चिन्छन्। त्यसैले रक्तचापले हृदयाघात र ब्रोङकाइटिसको जोखिम बढाउँछ। बालबालिका, बृद्धबृद्धा छातीमा चिसो गढेर अस्पताल पुगिरहेका हुन्छन्। त्यसैमाथि वायुप्रदूषणले यस्ता समस्यालाई अझ बढाउने काम गर्दछ।

बिहानको समयमा चिसोले गर्दा कठ्याङग्रिने समस्या, चिसोका कारण स्वास्थ्यमा पर्ने नकारात्मक असर धेरै पर्ने भएकाले जाडोको बेलामा मर्निङवाक नगर्नु नै राम्रो मानिन्छ।

मर्निङवाक जोखिमपूर्ण
बिहानीको समयमा धुवाँ धुलोका कण थेग्रिएर बस्छन्। जमिनको केही सतहमाथि मात्रै यो प्रदूषण रहेको हुन्छ र श्वाससप्रस्वासको माध्यमबाट हाम्रो शरीरभित्र यसले सहजै प्रवेश पाउँछ। जसले भाइरल संक्रमणको सम्भावना बढेर जान्छ भने बिहानको समयमा चिसोले गर्दा कठ्याङग्रिने समस्या, चिसोका कारण स्वास्थ्यमा पर्ने नकारात्मक असर धेरै पर्ने भएकाले जाडोको बेलामा मर्निङवाक नगर्नु नै राम्रो मानिन्छ।

विशेष गरेर ज्येष्ठ नागरिक, गर्भवती, ५ वर्ष मुनिका बालबालिका, रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, कलेजोका रोगी, डाइलासिस गराइरहेका मिर्गौलाका बिरामी, उच्च रक्तचापका बिरामी, मधुमेहका बिरामी, क्यान्सरको औषधी खाइरहेका बिरामी, दमका बिरामी लगायतका दिर्घरोगीले मर्निङवाक नगर्नु नै उपयुक्त हुन्छ। त्यो बाहेक सामान्य अवस्थाका व्यक्तिहरु जान सक्छन्। तर न्यानो लुगा लगाउने, प्रशस्त मात्रामा घाम ताप्ने वातावरण मिलाउनु पर्छ।

वायुप्रदूषणको प्रकोपबाट कसरी बच्ने ?
वायु प्रदूषणको जोखिमबाट बच्न व्यक्तिगत तहबाट सम्भव छैन। घर वरिपरि सरसफाई राख्ने, सफा सुग्घरमा ध्यान दिने, आफू बसउठ गर्ने कोठाको वातावरण सफा राख्नुपर्छ। साथै समाज, स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारले नीति नियम बनाएर कडाइका साथ लागू गराउनु पर्छ।

हामीले व्यक्तिगत तवरबाट धुवाँधुलोबाट बच्न मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, घर वरपकिो वातावरण सफा राख्ने, धूम्रपान र मध्यपानको सेवन नगर्ने लगायतका कुरामा ध्यान दिनुपर्छ।

जस्तै पुराना इञ्जिनलाई विद्युतीकरण गर्ने, उद्योगहरुलाई विद्युतीकरण गर्ने, वनजंगललाई संरक्षण गर्ने, सरसफाइमा ध्यान दिने, अनियन्त्रित बस्तीलाई नियन्त्रित गर्ने, जनघनत्व बढ्नबाट कसरी रोक्ने भन्ने कुराहरु आइराखेका छन्। आफ्नो बसोबासको क्षेत्रमा हरियाली वातावरण बनाउने, प्रकृतिको संरक्षण गर्ने लगायतका कुरामा सरकारले नीति नियम बनाएर कडाइका साथ लागु गरेमा सम्भव छ, नभए सम्भव छैन।

हामीले व्यक्तिगत तवरबाट धुवाँधुलोबाट बच्न मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, घर वरपकिो वातावरण सफा राख्ने, धूम्रपान र मध्यपानको सेवन नगर्ने लगायतका कुरामा ध्यान दिनुपर्छ। (वरिष्ठ छातीरोग विशेषज्ञ डा. निरज बमसँगको कुराकानीमा आधारित)

 

 

 

अन्तिम अध्यावधिक: २५ मंसिर २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस