तराईमा बाक्लो हुस्सु : आजका उडान प्रभावित

होमपेज / मुख्य समाचार / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २५ मंसिर २०८१ (१ महिना अघि)
  • १८२

तराई क्षेत्रमा बाक्लो हुस्सुले आज उडान प्रभावित भएको छ । बाक्लो हुस्सु लागेका कारण विराटनगर विमानस्थलमा अहिलेसम्म उडान अवतरण हुन सकेको छैन भने जनकपुर विमानस्थल दिउँसो साढे तीन बजेदेखि खुलेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार तराई क्षेत्रका केही विमानस्थलको उडान नै स्थगित गर्नुपरेको छ भने अरू भद्रपुर, भरतपुर, पोखरा भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थल दिउँसोपछि मात्र खुलेका हुन् । प्रतिकूल मौसमका कारण विराटनगर विमानस्थलमा हिजो पनि कुनै उडान भएनन् ।

बाक्लो हुस्सुले भिजिबिलिटी कमजोर हुँदा तराई क्षेत्रका विमानस्थलमा उडान प्रभावित भएको प्रवक्ता शेर्पाले बताउनुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अरू आन्तरिक र बाह्य उडान अवतरण भने नियमित रूपमा सञ्चालन भइरहेका छन् ।

अन्तिम अध्यावधिक: २५ मंसिर २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस