माओवादीको ध्यान सरकारतिर होइन, जनतातिर छ : प्रचण्ड

होमपेज / मुख्य समाचार / राजनीति /
  • रेडियो सुदूर सञ्चार
  • २५ मंसिर २०८१ (१ महिना अघि)
  • १३२

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीको ध्यान जनताका विकासका चाहना पूरा गर्नतर्फ केन्द्रित भएको बताएका छन् । 

आज चितवनमा पत्रकारसँगको कुराकानीमा उनले माओवादी केन्द्रको ध्यान सरकार परिवर्तनतर्फ नभई जनताका विकासका आकांक्षा कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ केन्द्रित रहेको बताए । उनले, “हाम्रो ध्यान सरकारतिर छैन, हाम्रो ध्यान जनतातिर छ । जनतालाई परिचालन गर्नेतर्फ नै छ । सरकारका कामको खबरदारी गरिररहन्छौँ ।

फरक प्रसंगमा उनले चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) नेपालको हितमा रहेको पनि बताए । चीन र अमेरिका अहिलेका मुख्य प्रतिस्पर्धीका रूपमा देखिएकाले दुईवटा रणनीति आउँदा एकले अर्काको विषयमा चासो राख्नु स्वाभाविक भएको उनको भनाइ छ । रासस

अन्तिम अध्यावधिक: २५ मंसिर २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस