बेल्डाँडी, कञ्चनपुर -
कैलालीबाट लागूऔषध मुद्दामा फरार रहेकी कञ्चनपुरकी एक महिला पक्राउ परेकी छिन् ।
कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–४ घर भई हाल जिल्ला कैलालीको गोदावरी नगरपालिका–१ बसन्तपुर कोठागरी बस्ने २० वर्षीया कबिता बस्नेत पक्राउ परेकी हुन् ।
लागूऔषध मुद्दामा १ महिना १५ दिन कैद सजाय तोकिएपछि बस्नेत फरार रहेकी थिइन् । उनलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले मंगलवार अत्तरिया बजारबाट पक्राउ गरेको हो ।