आत्म*घाती हमलामा तालिवान मन्त्री हक्कानीको मृ*त्यु

होमपेज / अन्तर्राष्ट्रिय / मुख्य समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २७ मंसिर २०८१ (१ महिना अघि)
  • १०६

तालिबान सरकारका शरणार्थी मामिला मन्त्री खलील उर रहमान हक्कानीको काबुलस्थित मन्त्रालयको भवनमा भएको आत्मघाती आक्रमणमा मृत्यु भएको छ ।

हमलामा अन्य व्यक्तिको पनि ज्यान गएको छ । तर, हताहतको संख्याबारे स्पष्ट जानकारी आएको छैन ।

तालिबान सरकारको सूचना मन्त्रालयका प्रवक्ताले नै आत्मघाती हमलामा मन्त्री खलील हक्कानीको मृत्यु भएको पुष्टि गरेको हो ।

अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन । हक्कानी तालिबान सरकारका आन्तरिक मन्त्री सिराजुद्दीन हक्कानीका काका र अफगान तालिवानको हक्कानी नेटवर्कका संस्थापक जलालुद्दीन हक्कानीका भाइ थिए ।

उनलाई हक्कानी नेटवर्कको प्रमुख व्यक्तित्व मध्ये एक मानिन्थ्यो। हक्कानीको जन्म सन् १९६६ मा अफगानिस्तानको पक्तिया प्रान्तको गार्द-ए-रावा जिल्लाको कान्दु गाउँमा भएको थियो।

अमेरिकाले खलील हक्कानीको बारेमा जानकारी दिनेलाई ५० लाख डलर पुरस्कार तोकेको थियो । हक्कानी नेटवर्क अमेरिकामा ‘विदेशी आतंकवादी संगठन’को सूचीमा छ।

अन्तिम अध्यावधिक: २७ मंसिर २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस