दुर्गा प्रसाईंलाई ४० हजार रुपैयाँ धराैटीमा छाड्न आदेश

होमपेज / मुख्य समाचार / राजनीति /
  • रेडियो सुदूर सञ्चार
  • २७ मंसिर २०८१ (१ महिना अघि)
  • १७४

जिल्ला अदालत काठमाण्डाैले साइबर अपराध कसूरकाे मुद्दामा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४० हजार रुपैयाँ धराैटीमा छाड्न आदेश दिएको छ ।

जिल्ला न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंसँग ४० हजार रुपैयाँ धरौटी माग गरेको हो । तर दुर्गा प्रसाईंविरुद्ध सङ्गठित अपराध र आपराधिक लाभ लिन नहुने कसूरमा पनि अनुसन्धान भइरहेकोले उनी हिरासतबाट छुट्ने छैनन् ।

प्रसाईंमाथि भारतमा मानिस राखेर नेपाली व्यापारीहरूलाई धम्क्याउँदै रकम माग गरेको अभियोगमा पनि अनुसन्धान भइरहेको छ ।

अन्तिम अध्यावधिक: २७ मंसिर २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस