सामुदायिक वनभित्र कृत्रिम पोखरी निर्माण

होमपेज / मुख्य समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २८ मंसिर २०८१ (१ महिना अघि)
  • १४३

कञ्चनपुर –

वन्यजन्तुलाई पानी पिउनका लागि शुक्लाफाँटा नगरपालिका–२का सामुदायिक वनभित्र तीन वटा कृत्रिम पोखरी निर्माण गरिएका छन् ।

सुनदेवी उपभोक्ता समितिले तराई भू- परिधि कार्यक्रम (ताल)को तीन लाख सहयोगमा वातावरण मध्यवर्ती सामुदायिक वनमा दुई र नागेश्वर मध्यवर्ती सामुदायिक वनभित्र एक गरी तीन वटा कृत्रिम पोखरी निर्माण गरेका हुन् ।

पोखरीमा बाह्रै महिना पानीको व्यवस्था मिलाउन ‘बोरिङ’ जडान गरिएका छन्। निर्माण गरिएका तीन वटै पोखरी ८० हजार लिटर क्षमताका छन् । निर्माण गरिएका पोखरीबाट वन्जयजन्तुलाई सुख्खा याममा पानी पिउन सहज भएको वन उपभोक्ता भरतबहादुर विष्टले बताए ।

पानीको व्यवस्था गरेपछि विगतमा झैँ पानीको खोजी गर्दै बस्तीसम्म जंगली जनावर आउने क्रम रोकिएको विष्टको भनाइ  छ ।

पोखरी निर्माणले सामुदायिक वनभित्र जंगली जनावरको आवतजावत बढेको नागेश्वर मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जयबहादुर ऐरले बताए ।
‘सुख्खा याममा सामुदायिक वनभित्र पिउने पानी व्यवस्था नहुँदा विगतमा थोरै मात्रै जनावर देखा पर्ने गरेका थिए’, उनले भने ।

अन्तिम अध्यावधिक: २८ मंसिर २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस