नेपाल पत्रकार महासंघ कञ्चनपुरको अध्यक्षमा धामी

होमपेज / मुख्य समाचार / राजनीति / समाचार / समाज /
  • रेडियो सुदूर सञ्चार
  • २८ मंसिर २०८१ (१ महिना अघि)
  • १८९

कञ्चनपुर -

नेपाल पत्रकार महासंघ कञ्चनपुरको अध्यक्षमा सत्ताधारी निकट प्रेस चौतारी र प्रेस युनियन गठबन्धनका उम्मेदवार सुरेश धामी निर्वाचित भएका छन् ।

महासंघको शुक्रबार सम्पन्न नवौं अधिवेशनबाट प्रेस सेन्टरका उम्मेदवार राजेन्द्र प्रसाद अवस्थीलाई १२ मतले पछि पार्दै धामी अध्यक्षमा निर्वाचित भएका हुन् । 

निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार अध्यक्षमा निर्वाचित धामीले ५८ र प्रतिद्वन्द्वी अवस्थीले ४६ मत ल्याएका छन् ।

महासंघको उपाध्यक्ष (खुल्ला) मा प्रेस चौतारी प्रेस युनियनका साझा उम्मेदवार अमर बहादुर चन्द निर्वाचित भएका छन् । उनले ६६ मत ल्याएका छन् ।

उनी प्रेस युनियनका निवर्तमान अध्यक्ष हुन् । उपाध्यक्षमा उनका प्रतिस्पर्धी रमेश प्रसाद भट्टले ३५ मत ल्याएका छन् । यसैगरी शेर बहादुर सिंह (सुवास)ले २ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा सबै उम्मेदवार प्रेस युनियनकै मानिन्छन् ।

महिला उपाध्यक्षमा धर्मा रोकाया निर्वाचित भएकी छन् । प्रेस चौतारी र प्रेस युनियनका साझा उम्मेदवार रोकायाले ६४ मत ल्याएकी छन् । उनकी प्रतिद्वन्द्वी चन्द्रिका चौधरीले ३१ मत ल्याएकी छन् । महिला उपाध्यक्ष निर्वाचित रोकाया प्रेस चौतारीकी केन्द्रीय सदस्य हुन् ।

सह सचिवमा प्रेस चौतारी प्रेस युनियनका साझा उम्मेदवारलाई फराकिलो मत अन्तरले हराउँदै गोकुल जोशी निर्वाचित भएका छन् । जोशीले ५६ र उनका प्रतिद्वन्द्वी चन्द्रकान्त जोशीले ३८ मत ल्याएका छन् ।

प्रेस युनियनले टिकट नदिएपछि निर्वाचिन जोशी स्वतन्त्र उम्मेदवार भएर चुनाव लडेका हुन् । मतदान अघि प्रेस युनियनले जोशीलाई कारवाही गरेको थियो ।

प्रेस सेन्टरका उम्मेदवार मोहन विष्ट कोषाध्यक्षमा निर्वाचित भएका छन् । उनले चौतारी र युनियनका साझा उम्मेदवार लक्ष्मण पन्तलाई ४ मतले पराजित गरेका छन् ।

महासंघको ८ खुला सदस्यमा प्रेस युनियनका केशव भट्ट बहुमतका साथ विजयी भएका छन् उनलेे (७९) प्राप्त गरेका थिए । यस्तै प्रेस चाेैतारीका दिनेश ओझाले (५७), प्रेस सेन्टरका धन बहादुर महता विकास(५४) , भवानीदत्त भट्ट(भुवन) ६३, प्रेस चाैतारीका माधव पौडेलले (५६), युनियनका सुजित सिनाल(७४), युनियनकै सुरेश भट्टले (६९), र युनियनकै हरिलाल जोशी(५२) मत ल्याएर निर्वाचित भएका छन् ।

यसैगरी दलित सदस्यमा चौतारी युनियनका साझा उम्मेदवार धन बहादुर बिक निर्वाचित भएका छन् । उनले सेन्टरका खडक कोलीलाई २ मतले पराजित गरेका छन् । विकले ५२ र कोलीले ५० मत ल्याएका छन् । ५९ मत ल्याएर दान सिह डगौरा आदिवासी जनजाति सदस्य निर्वाचित भएका छन् । उनले सेन्टरका नरेश रानालाई पराजित गरे । रानाले ३१ मत ल्याए ।

महासंघको सचिवमा युनियनका कुन्दन पाण्डेय, युनियनकै समावेशी सह सचिवमा किशोर कुमार तामाङ्ग र महिला सदस्यमा ऐश्वर्या कुँबर यस अघि निर्विरोध निर्वाचित भएका थिए ।

नेपाल पत्रकार महासंघ कञ्चनपुरमा जम्मा १ सय १६ सदस्य मध्ये कूल १ सय ७ मत खसेको थियो । 

अन्तिम अध्यावधिक: २८ मंसिर २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस