अङ्ग प्रत्यारोपण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि

होमपेज / समाचार / स्वास्थ्य/शिक्षा /
  • रेडियो सुदूर सञ्चार
  • २९ मंसिर २०८१ (१ महिना अघि)
  • ६४

नेपाल अङ्ग प्रत्यारोपण समाजको आयोजनामा आजदेखि काठमाडौंमा अङ्ग प्रत्यारोपणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ ।

समाजका अध्यक्ष डा. पुकारचन्द्र श्रेष्ठका अनुसार सम्मेलनमा भारत, जापान, नेदरल्याण्ड्स, बेलायतका १९ जना विशेषज्ञ चिकित्सक सहभागी हुनेछन् । साथै सम्मेलनमा अङ्ग प्रत्यारोपणसम्बन्धी २६ वटा कार्यपत्र प्रस्तुत गरिने छ ।

मस्तिष्क मृत्युपछि कलेजो र मिर्गौला दान गर्न सकिने भएकाले सर्वसाधारणलाई अङ्गदानका निम्ति प्रेरित गर्नु सम्मेलनको उद्देश्य भएको उनको भनाइ छ ।

मिर्गौला, मुटु, फोक्सो, कलेजो, सानो आन्द्रा, आँखा र प्याङ्क्रियाज मस्तिष्क मृत्युपछि पनि दान गर्न सकिन्छ ।

अन्तिम अध्यावधिक: २९ मंसिर २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस