चितुवाको आ*क्र*म*णबाट ६ जना घाइते

होमपेज / मुख्य समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २९ मंसिर २०८१ (१ महिना अघि)
  • १६६

बर्दिया -

बर्दिया राष्ट्रिय निकुञ्जका आसपासका क्षेत्रमा बाघ र चितुवाको आक्रमण हुने क्रम रोकिएको छैन । सोही क्रममा बर्दियाको ठाकुरबाबा नगरपालिकामा शनिवार विहान चितुवाको आक्रमणबाट ६ जना घाइते भएका छन् । 

बर्दियाको ठाकुरबाबा नगरपालिका –४ खैलार गाउँनजिक चितुवाको आक्रमणमा परेर स्थानीय झुती थारु, बिरु थारु, गणेश मल्ल, उमेश थापा, हरि लम्साल र सुदीप थारु घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार बबई नदी किनारको झाडी सफा गर्न जाँदा शनिवार बिहान झुती थारुलाई चितुवाले आक्रमण गरेको थियो । उनलाई बचाउन जाँदा अरू तीन जनालाई पनि चितुवाले आक्रमण गरेको छ । 

त्यसपछि चितुवा नियन्त्रणमा लिन बर्दिया राष्ट्रिय निकुञ्जको टोली त्यहाँ पुगेको थियो । चितुवालाई नियन्त्रणमा लिन खोज्दा चितुवाले थप दुई जनालाई आक्रमण गरेको प्रहरीले जनाएको छ । चितुवाको आक्रमणबाट घाइते भएकाहरूको ठाकुरबाबा नगर अस्पतालमा उपचार भइरहेको छ ।

अन्तिम अध्यावधिक: २९ मंसिर २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस