बेलौरीमा झण्डै ३२ किलो तौल भएको अजिङ्गरको उद्धार

होमपेज / मुख्य समाचार /
  • रेडियो सुदूर सञ्चार
  • ३० मंसिर २०८१ (१ महिना अघि)
  • ५७१

बेलौरी, कञ्चनपुर

कञ्चनपुरको बेलौरीमा अजिङ्गरको उद्धार गरिएको छ । जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ४मा भेटिएको झण्डै ३२ किलो तौल भएको अजिङ्गरको वन कार्यालयले उद्धार गरेको छ ।

उखुबारीमा फेला परेको बर्मी जातको वयस्क अजिङ्गरको उद्धार गरेको कुण्डा सबडिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवले जानकारी दिए । ?उनका अनुसार उद्धार गरिएको अजिङ्गर १३ फिट लामो र ३१ किलो पाँच सय ८० ग्राम तौलको थियो ।

उखु काट्ने क्रममा किसानले अजिङ्गर देखेका थिए । वन सुरक्षाकर्मी, स्थानीयवासीको सहयोगमा उद्धार गरी अमर स्मृति सामुदायिक वन क्षेत्रको सीमसार क्षेत्रमा छाडिएको कार्यालय प्रमुख यादवले बताए ।

अन्तिम अध्यावधिक: ३० मंसिर २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस