विराटनगरले काठमाण्डौलाई दियो एक सय १८ रनको लक्ष्य

होमपेज / खेलकुद / मुख्य समाचार /
  • रेडियो सुदूर सञ्चार
  • ३० मंसिर २०८१ (१ महिना अघि)
  • ९२

नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्ग्सले काठमाण्डौ गुर्खाजलाई एक सय १८ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले १९ ओभर पाँच बलमा सबै विकेट गुमाएर एक सय १७ रन बनायो । विराटनगरका लागि राजेश पुलामी मगरले सर्वाधिक २५ रन बनाए ।

काठमाण्डौका गेर्हार्ड इरास्मसले तीन विकेट लिए । विराटनगर प्लेअफ दौडबाट बाहिरिसकेको छ । प्लेअफमा पुग्न काठमाण्डौले आजको खेल जित्नैपर्छ ।

आजको दोस्रो खेलमा दिउँसो १ बजे पोखरा एभेन्जर्स र सुदुरपश्चिम रोयल्स खेल्दैछन् । आठ टोलीमध्ये जनकपुर प्ले अफमा पुगिसकेको छ ।

लुम्बिनी, विराटनगर र पोखरा बाहिरिसकेका छन् । शीर्ष चारमा पुग्न चितवन, काठमाण्डौ, सुदूरपश्चिम र कर्णाली  गरी चारवटा टोलीबीच प्रतिस्पर्धा रहेको छ ।   

अन्तिम अध्यावधिक: ३० मंसिर २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस