जर्जियाको राष्ट्रपतिमा ईयूप्रति वफादार व्यक्ति नियुक्त

होमपेज / अन्तर्राष्ट्रिय / मुख्य समाचार /
  • रेडियो सुदूर सञ्चार
  • ३० मंसिर २०८१ (१ महिना अघि)
  • ७३

जर्जियाको सत्तारुढ दलले विवादास्पद निर्वाचन प्रक्रियामा ईयूप्रति वफादार व्यक्तिलाई राष्ट्रपतिमा नियुक्त गरेको छ ।

विपक्षीले बहिष्कार गरेको ‘इलेक्टोरल कलेज’ले मिखाइल काभेलाश्विलीलाई पाँच वर्षे कार्यकालका लागि राष्ट्रपतिमा नियुक्त गरेको समाचारसंस्था एएफपीले जनाएको छ । जर्जियाको सत्तारुढ ड्रिम पार्टीले गएको अक्टोबरमा सम्पन्न संसदीय चुनावमा जीत हासिल गरे पनि जर्जियामा पछिल्लो समय राजनीतिक सङ्कट देखिएको छ ।

गएको महिना युरोपियन युनियन (ईयू) को सदस्यता वार्ता स्थगित गर्ने निर्णयपछि ईयूको पक्षमा धेरै प्रदर्शनहरू भएका छन् ।

विपक्षीले हिजोको चुनावलाई ‘नाजायज’ भन्दै वर्तमान राष्ट्रपति सालोम  जुराविश्भिली  देशको एक मात्र वैध नेता रहेको बताएका छन् । जुराविश्भिलीले पद छोड्न अस्वीकार गर्नुभएको छ र नयाँ संसदीय चुनावको माग गर्नुभएको छ ।   

अन्तिम अध्यावधिक: ३० मंसिर २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस