पत्रिकाको सबै पृष्ठमा किन हुन्छन् चार ओटा रङ्गिन थोप्ला ?

होमपेज / बिचार विश्लेषण / विविध /
  • रेडियो सुदूर सञ्चार
  • ३० मंसिर २०८१ (१ महिना अघि)
  • ७३

जमाना डिजिटलको भए पनि अखबारको समय सकिएको छैन । आज पनि यो माध्यमको महत्त्व उत्तिकै हुन्छ । पढ्ने मानिसहरू प्रशस्तै भेटिन्छन् । पत्रपत्रिका पढ्दा समाचार/विज्ञापनमा त ध्यान गइहाल्छ ।

तर पृष्ठको तल्लो भागतिर ख्याल गर्नु भएको छ ? त्यहाँ चार ओटा रङ्गिन थोप्लाहरू देखिन्छन् । जुन हरेक जसो पृष्ठमा पाइन्छ । तर के तपाईंले कहिल्यै सोच्नुभएको छ यी किन हन्छन् ? यिनको महत्त्व के हो ? ​आज हामी यसैबारे चर्चा गर्ने छौं:

 

ती रङ्गिन थोप्लाहरूको रहस्य छापाको प्रविधिसँग जोडिएको छ । यी थोप्लाहरूलाई रजिस्ट्रेसन मार्क (Registration Marks) वा कलर बार्स (Color Bars) भनिन्छ ।

नियम अनुसार रातो, पहेँलो र नीलो प्राथमिक रङ्ग हुन् । भन्नुको अर्थ यी रङ्ग अन्य रङ्गहरू मिसाएर बनाउन सकिंदैन । तर यिनबाट विभिन्न रङ्ग बनाउन सकिन्छ ।

छापा प्रविधिमा यही अवधारणा प्रयोग गरिन्छ । जहाँ कालो रङ्गलाई चौथो रङ्गको रूपमा थपिएको हुन्छ । यसले गर्दा पत्रपत्रिकामा देखिने चार रङ्गिन थोप्लाहरू ‘सीएमवाईके मोडल’को सङ्केत हुन् । जहाँ 'सी' ले क्यान (नीलो), 'एम' ले म्यागेन्टा (गुलाबी), 'वाई' ले यल्लो (पहेंलो) र 'के' ले ब्याल्क (कालो) लाई जनाउँछ ।

छपाइ प्रक्रियामा सहि तरिकाले रङ्गहरू मिलाउन यी थोप्लाहरू प्रयोगमा आउँछन् । अहिले यो छापाको मानक नै बनेको छ । यो प्रविधि पत्रपत्रिकामा मात्र नभई पुस्तक र अन्य छपाइमा समेत प्रयोग गरिन्छ ।

छपाइ प्रक्रियामा प्रत्येक रङ्गका लागि छुट्टा छुट्टै प्लेटहरू प्रयोग गरिन्छ । छापेको कुरा स्पष्ट देखाउन यी प्लेटहरू एकदम सही तरिकाले मिल्नु आवश्यक हुन्छ । यी प्लेटहरू सही तरिकाले मिलेन भने फोटो/अक्षर धमिलो वा गलत देखिन्छ । पत्रिका छाप्दा सोही कुरा मिलाउन सीएमवाईके मोडल पृष्ठमा देखिएको हो ।

सरल रूपमा भन्दा, चार ओटा रङ्गीन थोप्ला पत्रिकाको गुणस्तर, रङ्ग सन्तुलन र रजिस्ट्रेसन सही रहेको सुनिश्चित गर्न प्रयोग गरिन्छ । यो एक प्रकारको प्रिन्टिङ टेस्ट सिस्टम हो । ​सन् १९०६ मा एगल प्रिन्टिङ कम्पनीले पहिलो पटक यस कलर मोडेल प्रयोगमा ल्याएको थियो ।

 

अन्तिम अध्यावधिक: ३० मंसिर २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस