मेयर चाैधरीद्वारा १५औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताकाे उद्घाटन, खेलकुद विकासमा जाेड 

होमपेज / खेलकुद / मुख्य समाचार / समाचार / समाज /
नगरका २६ विद्यायलकाे सहभागीता
  • रेडियो सुदूर सञ्चार
  • ३० मंसिर २०८१ (१ महिना अघि)
  • २४६

दिनेश चाैधरी / बेलाैरी, कञ्चनपुर

कञ्चनपुरको बेलाैरी नगरपालिकाका मेयर पाेतीलाल चाैधरीद्वारा १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे उद्घाटन गरिएको छ । 

आइतबार मेयर चाैधरीद्वारा १५औं राष्ट्रपति एवम् ५औं नगर स्तरीय छनाैट प्रतियोगिताको उद्घाटन गरिएको हाे । 

उद्घाटन समारोहलाई सम्बाेधन गर्दै मेयर चाैधरीले "स्थानीय सरकारले खेलकुद विकासमा जाेड दिइरहेको बताए ।,

विभिन्न खेलकुद प्रतियोगिताका लागि कञ्चनपुर जिल्लाका सबै स्थानीय तहहरु मध्ये हामीले सबैभन्दा बढी बजेट विनियोजन गरेका छाैं उनले भने - "यद्यपि यस पटक पहिले जस्तो उत्साह देखिएको छैन् " अब सबैले जुट्नु पर्छ।,

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर चाैधरीले "खेल राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि मात्र नभइ राष्ट्रका लागि खेल्नुपर्ने बताए ।, त्यसका लागि शिक्षकले विद्यार्थीलाई निरन्तर अभ्यास गराउनु पर्ने कुरामा उनले जाेड दिएका छन् । 

कतिपय विद्यालयमा स्थानीय सरकारले खेल शिक्षक उपलब्ध गराएको बताउँदै मेयर पाेतीलाल चाैधरीले यद्यपि नतिजा सन्ताेषजनक नदेखिएको बताए ।, 

फरक प्रसंगमा - "बेलाैरीकाे विकासका लागि यस क्षेत्रका सबै निर्वाचित जनप्रतिनिधि आ-आफ्नो ढंगले लागि परेको उनकाे कथन छ । 

उता, बेलाैरी ८ पचुइ क्षेत्रकाे हुलाकी सडक निमार्ण अलपत्र रहेकाे विषयमा चिन्तित रहेको बताउँदै आफूले पटकपटक सम्बन्धित ठेकेदार र संघीय सरकारकाे ध्यानाकर्षण गराएको जनाए ।, कतिपय छुट्टाछुट्टै प्रसंगमा बाेल्दै उनले बेलाैरीकाे चाैतर्फी विकासका लागि निरन्तर लागी परेको बताउँछन् । 

प्रतियोगितामा नगरका विभिन्न सामुदायिक एवम् निजी गरी २६ माविकाे सहभागीता रहेको आयाेजकले जनाएको छ ।

बेलाैरी नगर खेलकुद समिति अध्यक्ष रामेश्वर न्याैपानेकाे सभापतित्वमा सञ्चालित कार्यक्रममा जिल्ला खेलकुद विकास समिति अध्यक्ष कुबेर खड्का, बेलाैरी सशस्त्र प्रहरी नायव उपरीक्षक सन्दिप अर्याल, बेलाैरी प्रहरी निरीक्षक भाष्कर चन्द लगायत खेलप्रेमी दिनेश कुँवर, सुरेन्द्र शाही, नवराज शाही, सुन्दर चाैधरी, रमेश सिंह भण्डारी, वीरेन्द्र सिंह भण्डारी, विष्णुप्रसाद शर्मा सहित विभिन्न विद्यायलका शिक्षक एवम् विद्यार्थीहरुकाे उल्लेखनीय सहभागीता रहेको थियो । 

भने, कार्यक्रमकाे सञ्चालन अमित प्रसाद भट्टले गरेका थिए ।

अन्तिम अध्यावधिक: ३० मंसिर २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस