कञ्चनपुर -
कञ्चनपुरको महाकाली आर्यघाटमा सरसफाई गरिएको छ । आईतबार भीमदत्त नगरपालिका ११भुजेला क्षेत्रमा रहेको महाकाली आर्यघाटमा सरसफाई गरिएको हो ।
भीमदत्त नगरपालिका ११का वडाध्यक्ष प्रकास थापाले नगरपालिकाको आयोजनामा आर्यघाटमा सरसफाई गरिएको बताए । अध्यक्ष थापाले गत असारमा आएको बाढीले आर्यघाट फोहोर भएकाले सदगत गर्नका लागि सहज वातावरण बनाउनका लागि सरसफार्ई गरिएको बताए ।
सरसफाई कार्यक्रममा भीमदत्त नगरका जनप्रतिनिधी, कर्मचारी, निड्स, एनएनएसडब्लुएका प्रतिनिधी सहितको सहभागिता रहेको थियो । महाकाली नदी किनार क्षेत्रमा गएको चार लेनपुल सडक सहित पवित्र स्थल सरसफाई गर्दा थप आकर्षण देखिएको छ ।