कञ्चनपुर -
नेकपा बहुमत निकट अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्षमा प्रभावशाली विद्यार्थी नेता बिरेन्द्र शाह चयन भएका छन् । पोखरामा सम्पन्न भएको अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा शाह चयन भएका हुन् ।
अखिल क्रान्तिकारी सुप प्रदेशका ईन्चाज सुरेन्द्र धानुकले सहमतीय आधारमा ७५ सदस्यीय केन्द्रीय पदाधिकारी सहितका सदस्य चयन गरिएको बताए । उनका अनुसार उपाध्यक्षद्वय रुपाबुढा मगर, डिबी बुढाथोकी, सचिवहरु गोबिन्द विष्ट, प्रेम प्रशान्त बोहरा, हरि विष्ट, डिबी शाही, रमेश सुनार र कोषाध्यक्षमा कमला परिवार रहेका छन् ।
अखिल क्रान्तिकारी केन्द्रीय अध्यक्षमा चयन भएका विद्यार्थी नेता बिरेन्द्र शाह सुदूरपश्चिमकै स्थानीय हुन् । विद्यार्थी नेता शाहले सुदूरमा हुँदा पनि विद्यार्थीको हकहितका साथै शैक्षिक विकृती बिरुद्धमा शसक्त रुपमा संघर्ष आन्दोलनको नेतृत्व गर्दै आएका थिए । उनले अहिले पनि आफुले पाएको जिम्मेवारी अनुरुप विद्यार्थीको हकहितका साथै शैक्षिक विकृती बिरुद्धमा संघर्ष गर्दै नेपालको शैक्षिक क्षेत्र सुधारमा प्रतिबद्धता जाहेर गरेका छन् ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहेका बहुमतका महासचिव धर्मेन्द्र बास्तोला(कञ्चन)ले शैक्षिक सुधारका लागि क्रान्तिकारी विद्यार्थीले नै अग्रमोर्चा सम्हाल्नुपर्नेमा जोडदिएका छन् । अखिल क्रान्तिकारीको २३औँ सम्मेलनबाट देशभरबाट सहभागिता रहेको अखिल क्रान्तिकारीले जनाएको छ ।