नुन लिन वडाको सिफारिस

होमपेज / मुख्य समाचार / समाचार / समाज /
  • रेडियो सुदूर सञ्चार
  • १ पुष २०८१ (१ महिना अघि)
  • १०१

बाजुरा -

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड बाजुराले नुन लिन वडाको सिफारिस अनिवार्य गरेको छ । सरकारबाट सहुलियत हुने नुन बिक्रीको तथ्याङ्क लिन तथा यसको दुरुपयोग रोक्न साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड बाजुराले यहाँका ग्राहकलाई नुन लिन वडाको सिफारिस ल्याउन अनिवार्य गरेको हो ।

यसअघि नागरिकता देखाएर एक जनालाई पाँच पोका नुन दिने गरेकाले एकै घरका धेरैले नागरिकता देखाउँदै नुनको दुरुपयोग गर्न थालेपछि कार्यालयले त्यसलाई रोक्न यहाँका चार डिपो र दुई नुन बिक्री केन्द्रमा समेत वडाको सिफारिस ल्याउन अनिर्वाय गरेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड बाजुराले जनाएको छ । बाजुरामा पछिल्लो समय मार्तडी, कोल्टी, कवाडी र बार्जुगाडको मौरे गरी चार वटा डिपो कार्यालय छन् । गौमूल गाउँपालिकाको कृतिचौर र खप्तड छेडेदह गाउँपालिका–५ को डोगडीमा दुई वटा नुन बिक्री केन्द्र स्थापना गरिएको छ । 

अहिले यहाँ स्थानीयले सोही नुन बिक्री केन्द्रबाट सरकारले दिने गरेको सहुलियत मूल्यको नुन किनी खाने गरेका हुन् । बाजुरामा सबैभन्दा बढी फागुनदेखि जेठसम्म नुन बिक्री हुने गर्छ । यहाँका बासिन्दा असारमा खेतीपातीमा व्यस्त हुने भएकाले फागुनदेखि जेठसम्म बढी नुन किनी बर्खाका लागि जोहो गर्छन् । बाजुरामा २०८१ मङ्सिर २८ सम्म तीन हजार ९९७।५० क्विन्टल नुन बिक्री भएको छ । एक हजार २१।५० क्विन्टल नुन डिपोमा स्टक रहेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड बाजुराका प्रमुख टेक बोहराले बताए । 

 

अन्तिम अध्यावधिक: १ पुष २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस