बेलौरी, कञ्चनपुर -
कञ्चनपुरमा भन्सार छलीका माछा बरामद गरिएको छ । जिल्लाको बेलौरी नगरपालिका–१ भैसोरीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ४० हजार बराबरको माछा बरामद गरिएको हो ।
भन्सार छलीका माछा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी गस्ती टोलीले आईतवार बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो । उक्त माछालाई स्थानिय र जनप्रतिनिधिको रोहभरमा नष्ट गरेको बेलौरी प्रहरीले जानकारी दिएको छ ।