नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार लिग चरणका खेलहरू सकिएपछि अब प्लेअफको समिकरण तय भइसकेको छ । ८ मध्ये चार टोली अझै उपाधि होडमा छन् ।
कसले उपाधि जित्दा फाइनल कुन कुन टोलीले खेल्ला भन्ने उत्सुकता बढ्न थालेको छ । टिमको प्रदर्शन जस्तै खेलाडीहरूको व्यक्तिगत प्रदर्शनको बारेमा पनि चर्चा भइरहेको छ । कुन खेलाडीले शतक हाने कुन खेलाडीले ५ विकेट लिए अनी कुन खेलाडीले अहिलेसम्म धेरै रन बनाएर र कुन खेलाडीले धेरै विकेट लिए भन्ने विषय पनि निकै चासो हुने गरेको छ ।
यस पटक एनपीएलमा विश्वकै चर्चित खेलाडीहरू देखि ४० भन्दा बढी विदेशी खेलाडीले खेलिरहेका छन् । जसले गर्दा पनि चर्चा धेरै भइरहेको छ । त्यसमा पनि विदेशी खेलाडी र नेपाली खेलाडीको प्रदर्शन कस्तो भइरहेको छ भन्ने अर्को चर्चाको विषय
यद्यपी नाम चलेका विदेशी खेलाडीहरूसँगै नेपाली खेलाडीहरूले पनि सानदार प्रदर्शन देखाइरहेका छन् । कति अवस्थामा नेपाली खेलाडीले विदेशी भन्दा राम्रो पनि गरेका छन् ।
ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्नेमा नेपाली र विदेशी खेलाडी मिश्रित रुपमा अघि छन् ।
ब्याटिङमा सर्वाधिक रन बनाउनेमा नेपाली राष्ट्रिय टिमका कप्तान शीर्षमा छन् । शीर्ष दशमा नेपालका ५ र विदेशका ५ ब्याटर छन् ।
यस्तै बलिङतर्फ सर्वाधिक विकेट लिनेमा न्युजिल्याण्डका खेलाडी स्कट कुगेलेइन छन् । सर्वाधिक विकेट लिने शीर्ष दश खेलाडीमा पनि नेपालका ५ र विदेशका ५ खेलाडी नै छन् ।
यस्तै ब्याटिङ र बलिङको शीर्ष पाँचमा भने ३-३ नेपाली खेलाडी छन् ।
सर्वाधिक रन बनाउने खेलाडी
लुम्बिनी लायन्सले एनपीएलमा राम्रो प्रदर्शन गर्न नसकेपनि यस टिमका कप्तान रोहित कुमार पौडेलले लिग चरणमा अलराउण्ड प्रदर्शन गरे । टिमले हारिरहँदा पनि उनले उत्कृष्ट प्रदर्शन गरिरहे । लिगमा दुई अर्धशतकसहित उनले सर्वाधिक २७९ रन बनाएका छन् ।
पहिलो खेलमै विराटनगरविरूद्ध ४६ रन बनाएका रोहितले पोखराविरूद्ध सर्वाधिक ९५ रन बनाएका थिए । यस्तै चितवनविरूद्ध ८० रन बनाएका थिए । यसैगरी जनकपुरविरूद्ध ३५ रन बनाएका रोहित सुदूरपश्चिमविरूद्ध ५, काठमान्डुविरूद्ध ८ र कर्णालीविरूद्ध १० रनमा आउट भएका थिए ।
रोहित बाहेक दुई अर्धशतक प्रहार गरेन चितवनका रवि बोपाराले २३३ रन रन बनाएर दोस्रो स्थानमा छन् । काठमान्डुविरूद्ध पहिलो खेलमा ११ रनमा आउट भएपनि त्यसपछि पोखराविरूद्ध ५१ र कर्णालीविरूद्ध अविजित ५९ रन बनाउँदै लगातार दोस्रो अर्धशतक प्रहार गरेका थिए ।
यसैगरी उनले सुदूरपश्चिमविरूद्ध ३६, लुम्बिनीविरूद्ध १२, विराटनगरविरूद्ध २० र जनकपुरविरूद्ध ४४ रन बनाएका थिए ।
सर्वाधिक रन बनाउनेको तेस्रो स्थानमा पोखराका आन्द्रेस गौस छन् । अमेरिकी विकेटकिपर ब्याटर गौसले एनपीएलमा पहिलो शतक प्रहार गरेका थिए । उनी शतक हान्ने एक मात्र खेलाडी छन् । पहिलो खेलमा उपस्थित नभएका उनले दोस्रो खेलदेखि लगातार खेले । जनकपुरविरूद्ध २० रन बनाएका उनले अर्को खेलमा लुम्बिनीविरूद्ध अविजित १०४ रन प्रहार गरेका थिए । त्यसपछि कर्णालीविरूद्ध २५, विराटनगरविरूद्ध ३९ र सुदूरपश्चिमविरूद्ध ३६ रन बनाए । काठमान्डुविरूद्ध शुन्यमा आउट भए ।
सर्वाधिक रन बनाउनेको चौथो र पाँचौ स्थानमा नेपाली खेलाडी छन् । अलराउण्डरद्वय कुशल मल्लले एक अर्धशतकसहित २०२ र दीपेन्द्र सिंह ऐरीले पनि एक अर्धशतकसहित १९८ रन बनाएका छन् । दुवैले अलराउण्ड प्रदर्शन गरिरहेका छन् । कुशल मल्लले सबै खेलमा दोहोरो अंकमा रन बनाएका छन् । उनले काठमान्डुसँग ११, पोखरासँग ३८, कर्णालीसँग २३, सुदूरपश्चिमसँग १३, लुम्बिनीसँग २०, विराटनगरविरूद्ध २० रन बनाएका थिए भने अन्तिम खेलमा जनकपुरविरूद्ध ७२ रन बनाएका थिए ।
उता दीपेन्द्र सिंह ऐरीले भने पहिलो खेलमै विराटनगरविरूद्ध अविजित ५७ रन बनाएका थिए । त्यसपछि ब्याटिङ अर्डर चेन्ज गरिरहेका उनको रनगति पनि चेन्ज भइरह्यो । दोस्रो खेलमा काठमान्डुविरूद्ध ४३ र लुम्बिनीविरूद्ध अविजित ३९ रन बनाएका दीपेन्द्र चितवनविरूद्ध १ र जनकपुरविरूद्ध शुन्यमा आउट भए । त्यसपछि पोखराविरूद्ध २० र कर्णालीविरूद्ध ३८ रन बनाए ।
यस बाहेक जनकपुरका लाहिरु मिलान्थाले एक अर्धशतकसहित १९२ रन बनाएका छन् । विराटनगरका बसिर अहमदले पनि एक अर्धशसहित १८१ रन बनाएका छन् । सुदूरपश्चिममा सैफ अली जैबले एक अर्धशतसहित १७४ रन बनाएका छन् । लुम्बिनीका टम मुर्सले १६५ रन बनाएका छन् । सुदूरकै ब्राण्डन म्याकमुलने र पोखरा एभेन्जर्सका दिनेश खरेलले समान १६२ रन बनाएका छन् । दुवैले समान एक अर्धशतक प्रहार गरेका छन् ।
सर्वाधिक विकेट लिने होड
ब्याटिङमा रोहितले लगातार लिड बनाइरहँदा सर्वाधिक विकेट लिने सूचीमा भने खेलाडी लगातार परिवर्तन भइरहेका थिए । आफ्नो खेल हुँदा विकेट लिएर बलरहरू शीर्ष स्थानमा पुग्थे । पेरि अर्को टिमको खेल हुँदा अर्को बलर विकेट लिँदै सूचीमा माथि आउँथे ।
सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा रोमाञ्चक प्रतिस्पर्धा भयो । कहिले नेपाली खेलाडी माथि हुने कहिले विदेशी खेलाडी माथि हुने क्रम चलिरह्यो ।
लिग चरणपछि सुदूरपश्चिका न्युजिल्याण्डका खेलाडी स्कट कुगेलेइनले सर्वाधिक १५ विकेट लिएर शीर्ष स्थानमा छन् । बलिङमा शीर्ष दशमा परेका खेलाडीमध्ये तीन खेलाडीले एकै खेलमा ५ विकेट पनि लिएका छन् । एकै खेलमा ६ विकेट लिएका कर्णालीका विलियम बोसिस्टो भने शीर्ष दशमा छैनन्
पहिलो स्थानमा रहेका स्कट कुगेलेइनले पनि पोखराविरूद्ध एकै खेलमा ५ विकेट लिए । त्यसपछि अन्तिम लिग खेलमा कर्णाली विरूद्ध २ विकेट लिएर उनी शीर्ष स्थानमा पुगेका हुन् । उनले विराटनगरविरूद्ध ३, लुम्बिनी र चितवनविरूद्ध २-२ तथा जनकपुरविरूद्ध १ विकेट लिए । काठमान्डुविरूद्ध भने उनले विकेट लिएनन् ।
सर्वाधिक विकेट लिनेमा दोस्रो र तेस्रोमा रहेका नेपाली खेलाडीद्वय ललित राजवंशी र रिजन ढकालले समान १३ विकेट लिएका छन् । जनकपुरका ललितले विराटनगर, पोखरा र काठमान्डुविरूद्ध ३-३ विकेट लिँदा चितवनविरूद्ध २ तथा कर्णाली र लुम्बिनीविरूद्ध समान १ विकेट लिए । सुदूरपश्चिमविरूद्ध उनले विकेट लिन सकेनन् ।
यस्तै रिजनले पोखरा र लुम्बिनीविरूद्ध समान ३ तथा सुदूरपश्चिम, जनकपुर र विराटनगरविरूद्ध समान २ विकेट लिए । काठमान्डुविरूद्ध १ विकेट लिएका उनले कर्णाली विरुद्ध विकेटविहिन बने ।
यस्तै चितवनका सोहेल तनविर र काठमान्डुका करण केसीले समान १२ विकेट लिएका छन् । तनविरले सुरुवाती खेलमा विकेट लिँदै सानदार प्रदर्शन गरेपनि त्यो लय कायम राख्न सकेनन् ।
तनविरले पहिलो खेलमै काठमान्डु विरूद्ध ५ र दोस्रो खेलमा पोखरा विरूद्ध ३ विकेट लिएर सानदार सुरुवात गरेका थिए । त्यसपछि ५ खेलमा उनले जम्मा ४ विकेट लिए । अन्तिम खेलमा जनकपुर विरूद्ध २ विकेट लिएका तनविरले सुदूरपश्चिम र विराटनगर विरूद्ध समान १ विकेट लिए । कर्णाली र लुम्बिनी विरूद्ध उनी विकेटविहिन बने ।
सुरुवाती अपेक्षाकृत नरहेपनि काठमान्डुका कप्तान करण केसीले पछिल्ला खेलहरूमा लगातार विकेट लिए । पहिलो खेलमा उनी चितवन विरुद्ध विकेटलेस बनेका थिए । त्यसपछि कर्णाली र सुदूरपश्चिम विरूद्ध समान १ विकेट लिएका उनले लुम्बिनी विरूद्ध ४ विकेट लिए । जनकपुर विरूद्ध २, पोखरा विरूद्ध ३ र विराटनगर विरूद्ध १ विकेट लिए ।
क्कयसैगरी काठमान्डुका जेरार्ड एरासमसले ११ विकेट लिएका छन् भने जनकपुरका हर्श थाकर र किशोर महतोले समान १० विकेट लिएका छन् । त्यसपछि ९ विकेट लिनेमा ७ खेलाडी छन् ।
सुदूरपश्चिमका अली जैब, विराटनगरका प्रतिश जिसी र क्रिस सोल, कर्णालीका विपिन शर्मा, पोखराका विपिन खत्री, लुम्बिनीका साद विन जफर र रेमोन सिमोन्ड्सले समान ९ विकेट लिएका छन ।