कञ्चनपुर -
नेपाल कम्युनिष्ट पाटी(विप्लव) निकट एक केन्द्रीय विद्यार्थी नेताले सुदूरपश्चिमको पहाडी जिल्लाका विद्यार्थीलाई निःशुल्क किताब वितरण गरेका छन् ।
अखिल समाजवादी केन्द्रीय महासचिव प्रकाश जप्रेलले बझाङ्गको ग्रामीण भेगका विद्यार्थीलाई निःशुल्क किताब वितरण गरेका हुन् ।
बझाङ्गको सुर्योदय मावि चल्लो चुनावन र मष्ठामावि मल्लो चुनावनमा कक्षा १०मा अध्ययन विद्यार्थीहरुलाई वल्ड ईज गोल्ड बुक वितरण गरेका छन् । विद्यार्थीलाई अध्ययनका अतिरिक्त थप ज्ञान हासिल गर्नका लागि किताब वितरण गरिएको छ । नेकपा बझाङ्गका सचिव प्रविन सहितका अखिल समाजवादी बझाङ्गका नेता कार्यकर्ताहरुको उपस्थितिमा ३० विद्यार्थीलाई किताब वितरण गरिएको हो । अखिल समाजवादी केन्द्रीय महासचिव जप्रेलले ग्रामीण भेगका विद्यार्थीलाई यसरी निःशुल्क किताब वितरण गरेपछि विद्यार्थी उत्साहित भएका छन् ।
विद्यार्थी नेता जप्रेल अध्ययन गर्दादेखि नै गरिब, विपन्न जेहेन्दार विद्यार्थीको हकहितका काम गर्दैै आएका छन् । उनी झण्डै डेढ दशकदेखि निरन्तर विद्यार्थीको हकहित, शैक्षिक विकृती बिरुद्धमा सशक्त रुपमा संघर्ष गर्दै आएका छन् ।