एनपीएल : इलिमिनेटरमा कर्णालीले चितवनलाई दियो १७६ रनको लक्ष्य

होमपेज / खेलकुद / मुख्य समाचार /
  • रेडियो सुदूर सञ्चार
  • ३ पुष २०८१ (१ महिना अघि)
  • १३०

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको अहिले भइरहेको इलिमिनेटर खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई जीतका लागि एक सय ७६ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ्ग गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ७५ रन बनायो । उसका लागि जयकिसन कोल्सावाला र विलियम बोसिस्टोले अर्धशतक बनाए । कोल्सावालाले सर्वाधिक ५३ रन र बोसिस्टोले ५२ रन जोडे । चाडविक वाल्टनले अविजित ४६ रन बनाए ।

चितवनका सोहिल तानभिरले दुई विकेट लिए । चितवनले केहीबेरमा जवाफी ब्याटिङ्ग गर्दैछ । यो खेलमा विजयी हुने टोलीले फाइनल पुग्न आजै हुने अर्को क्वालिफायरको पराजित टोलीसँग खेल्नेछ । पहिलो क्वालिफायरमा दिउँसो १ बजे जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् ।

यो खेलको विजेता सीधै फाइनलमा पुग्नेछ भने हार्ने टोलीले प्लेअफको विजेतासँग दोस्रो क्वालिफायरमा खेल्नेछ । दोस्रो क्वालिफायर खेल भोलि दिउँसो १२ बजे हुनेछ । यो खेलको विजेता फाइनलमा पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ । फाइनल खेल आउँदो शनिवार हुनेछ । 

अन्तिम अध्यावधिक: ३ पुष २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस