फाइनलमा पुग्न सुदूरपश्चिमलाई १४० रनको लक्ष्य

होमपेज / खेलकुद / मुख्य समाचार / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • ३ पुष २०८१ (१ महिना अघि)
  • १६६

एनपीएल क्रिकेटको पहिलो क्लालिफायरमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई १४० रनको लक्ष्य दिएको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ थालेको जनकपुरले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा १३९ रन बनाएको हो ।

जनकपुरका लागि जेम्स निशमले विस्फोटक पारी खेले । उनले २३ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ४५ रन जोडे । शुभ कंसाकारले २६, अरनिको यादवले ११, लाहिरु मिलान्थाले १२, हर्ष थाकेरले १२ र कप्तान आसिफ शेखले ११ रन बनाए ।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले तीन तथा सैफ जैबले २ स्कट कुग्गेलिजन र अविनाश बोहराले एक/एक विकेट लिए ।

यस खेलको विजेताले फाइनलमा स्थान पक्का गर्नेछ । पराजित भएको टोलीले एलिमिनेटरको विजेता कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्नेछ ।

 

अन्तिम अध्यावधिक: ३ पुष २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस