बिकाश सिंह महता / कञ्चनपुर -
कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदाय सचेतनाका लागि संवेदनशीलता सम्बन्धित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार होटल ओपेरा, महेन्द्रनगर, कञ्चनपुरमा एक कार्यक्रमको आयोजना गर्दै जिल्ला प्रहरी कार्यालय अन्तर्गत कार्यरत जिल्लाका नेपाल प्रहरीलाई निल हिरा समाजको आयोजना सहयात्रा नेपाल कञ्चनपुरको समन्वयमा र फ्रेड फाउन्डेसन आर्थिक सहयोगमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायमा नेपाल प्रहरीसँगको संवेदनशीलता सम्बन्धित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सहयात्रा नेपालका कार्यक्रम संयोजक चाल्स बोन सिजापतीले स्वागत मन्तव्य राख्नु भएको थियो । भने यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदाय अधिकारकर्मी समता बमले यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायको हक अधिकार, खेप्नुपरेको हिंसाका बारेमा र समान प्रतिनिधित्व र मतदाता अधिकारसंग सम्बन्धित मुद्दाहरु, वैवाहिक समानता, शिक्षा लगायतको बारेमा प्रस्तुतीकरण दिनु भएको थियो ।
महिला बालबालिका तथा जेष्ठ नागरिक केन्द्र कञ्चनपुरका प्रहरी निरिक्षक जमुना जोशीले सचेतनाका लागि गरिएको अन्तरक्रिया कार्यक्रम आवश्यकता अनुरुप रहेको हुँदा आयोजक टिम लगायतलाई हार्दिक धन्यवाद समेत दिनुभयो । उहाँले भन्नूभयो, आगामी दिनमा सबैलाई सहज हुनेछ ।
यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायमा पनि पछिल्लो समयमा हिंसा बढ्ने क्रम रहेको हुँदा त्यसको क्षेत्रमा सबैले संवेदनशील हुनु पर्ने कुरामा विशेष जोड दिनु पर्ने सहयात्रा नेपाल कञ्चनपुरका अध्यक्ष राजु लामाले बताउनु भयो ।
कार्यक्रममा यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदाय, निल हिरा समाज प्रतिनिधि, सहयात्रा नेपाल अध्यक्ष राजु लामा, सुदूरपश्चिम समाज अध्यक्ष करुणा नेपाल महिला बालबालिका तथा जेष्ठ नागरिक केन्द्र कञ्चनपुर का प्रहरी निरिक्षक जमुना जोशी लगायतको उपस्थिति रहेको थियो ।