निर्मलाकाे अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरुसंग सीआईबीकाे छलफल

होमपेज / अपराध / घटना / मुख्य समाचार / समाचार / समाज /
नतिजा शुन्य !
  • रेडियो सुदूर सञ्चार
  • ३ पुष २०८१ (१ महिना अघि)
  • २९३

कञ्चनपुर

जिल्लाको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरण अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरूसंग केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छलफल शुरु गरेको छ ।

(सीआईबी)ले पन्तको अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरूसंग छलफल थालेको हो । अनुसन्धानमा खटिएका अधिकृतहरूसंग छलफल गरेर एउटा निष्कर्ष निकालेर नयाँ कोणबाट पुनः अनुसन्धान अघि बढाउन लागिएको बताइएको छ ।

मंगलबार मात्रै केही प्रहरी अधिकारीलाई सीआईबीको लाजिम्पाट स्थित कार्यालयमा बोलाएर छलफल गरिएको बताइएको छ । छलफल सकेर एउटा निचोड निकालेपछि अनुसन्धानका लागि नयाँ टोली पठाइने सीआईबीले जनाएको छ ।

गत साउन १० गते मात्रै पन्तको बलात्कार–हत्या भएको ६ वर्ष पूरा भएको छ । तर अहिलेसम्म हत्यारा पत्ता लगाउन प्रहरीले सकेको छैन । ६ वर्षको अवधिमा ५ जना गृहमन्त्री र प्रहरी प्रमुख फेरिए, ६ वटा समिति बने, तर अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन् ।

२०७५ साउन १० गते साथीको घरमा पढ्न जान्छु भनेर निस्केकी पन्त भोलिपल्ट भीमत्त नगरपालिकाकै निम्बुखेडा खोला किनारको उखुबारीमा मृत भेटिएकी थिइन् ।

घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै भएको आन्दोलनका क्रममा भीमदत्त–१८ का १५ वर्षीय सनी खुनाको ज्यानै गएको थियो । यो बीचमा १ सय २४ जनाको डीएनए जाँच, ६ सय ५५ जनासँग सोधपुछ गरिए पनि नतिजा शुन्य छ ।

अन्तिम अध्यावधिक: ३ पुष २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस