बिना खनजोत मकैखेती

होमपेज / कृषि / मुख्य समाचार /
  • रेडियो सुदूर सञ्चार
  • ४ पुष २०८१ (१ महिना अघि)
  • १५१

झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको छ । किसानलाई यन्त्र उपकरणको प्रयोग प्रदर्शनी कार्यक्रमअन्तर्गत तीन ठाउँमा बिना खनजोत अर्थात शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको हो ।

बिर्तामोड नगरपालिका–९, कचनकवल गाउँपालिका–१ र बाह्रदशी गाउँपालिका–६ मा १०/१० कट्ठा क्षेत्रफलमा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिनुभयो ।

कृषि अनुसन्धान निर्देशनालय तरहरा सुनसरीको प्राविधिक सहयोगमा कृषि ज्ञान केन्द्रले प्रदर्शनीका रुपमा बिना खनजोत मकैखेती प्रविधि प्रदर्शनी गरिएको उहाँले बताउनुभयो ।

यस प्रविधिको प्रयोगबाट उत्पादन लागत घट्नुका साथै नयाँ प्रविधि विस्तार र माटोको गुणस्तर सुधार हुने उहाँको भनाइ छ ।

यस प्रविधिबाट धान काटेको खेतमा खनजोत नगरी उपकरणको प्रयोगबाट एकै पटक मकैको बीउ र मल हाल्न सकिन्छ ।

मकैको एउटा लाइनबाट अर्को लाइनको दूरी ४५ सेन्टिमिटर र बोटको दूरी १५ देखि २० सेन्टिमिटर हुन्छ । हाल गरिएको नमूना खेतीमा डीएपी मल र बीउ एकै पटक राखिएको छ । 

अन्तिम अध्यावधिक: ४ पुष २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस