बेलाैरीमा पाैष ८ गतेदेखि महाेत्सव सञ्चालन हुने

होमपेज / उद्योग / कृषि / पर्यटन / मुख्य समाचार / समाचार / समाज /
पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेला २०८१ काे तयारी पूरा
  • चन्द्रिका चौधरी
  • ४ पुष २०८१ (१ महिना अघि)
  • ४४३

बेलाैरी, कञ्चनपुर -

कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीमा पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेला हुने भएको छ । बेलौरी उद्योग वाणिज्य संघको आयोजनामा तेस्रो बेलौरी पर्यटन महोत्सव तथा कृषि, औद्योगिक व्यापार मेला ०८१ सञ्चालन हुने भएको हो । 

‘कृषि पर्यटन, उद्योग र व्यापार सम्बृद्धि बेलौरीको आधार’ मूल नारा अघि सारेर तेस्रो संस्करणमा मेला सञ्चालन गर्न लागिएको बेलाैरी उद्योग वाणिज्य संघले जनाएको छ । 

८ पाैष ०८१ सोमबार देखि बेलौरीको खुला मञ्चमा व्यापार मेला हुने छ । वाणिज्य संघको आयोजना र बेलौरी नगरपालिकाको सह-आयोजनामा कृषि औद्योगिक व्यापार मेला संचालन हुन लागेको हो । 

यस अघि दुई पटक मेला लगाईसकेको वाणिज्य संघले तेस्रो पटक हिउँदमै मेला संचालन गर्न लागेको छ ।  कृषि, उद्योग, व्यापार र पर्यटन क्षेत्रको विकास गर्दै स्थानीय स्तर उत्पादन र संस्कृतिको प्रबर्द्धन गर्ने लक्ष्य राखेको आयोजकले जनाएको छ । 

बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष हिरासिंह विष्टले बिहीबार बेलाैरीमा पत्रकार सम्मेलनकाे आयोजना गर्दै क्षेत्रको पर्यटन, कृषि, औद्योगिक विकासका लागि मेला सञ्चालन गर्न लागिएको बताए। 

महोत्सवले स्थानीय किसान, व्यवसायी, उद्योगी, र सांस्कृतिक समूहलाई आफ्नो उत्पादन, कला र सीप प्रदर्शन गर्न विशेष प्लेटफर्म प्रदान गर्ने बताउँदै अध्यक्ष विष्टले महोत्सवमा ९० वटा स्टल राखिने जनाएका छन्।

स्थानीय पत्रकार संगकाे कुराकानीमा अध्यक्ष विष्टले "स्टलमा स्थानीय कृषि उत्पादन, हस्तकला,औद्योगिक सामग्री, र आधुनिक प्रविधि प्रदर्शनी किसानका जैविक उत्पादित बस्तुहरु प्रदर्शनीमा राखिने बताए।,

महोत्सवको अर्को मुख्य आकर्षण स्थानीय संस्कृति झल्किने कार्यक्रमहरू प्रर्दशनमा ल्याईने जनाइएको छ । भने स्थानीय व्यापारीहरूलाई स्टल बुकिङमा विशेष प्राथमिकता दिइने बताउँदै स्टल शुल्क, प्रवेश शुल्क, प्रायोजन र सरकारी तथा गैरसरकारी निकायको सहयोग प्रमुख आयका स्रोत हुनेछन्।

जिल्लाकै पूरानाे सदरमुकाम समेत रहेको बेलौरी महोत्सवले बेलौरीको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा फैलाउने मात्र नभई स्थानीय समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

१० दिने महोत्सवले स्थानीय उत्पादन, कला, र संस्कृतिको प्रबर्द्धन गर्दै कृषि, उद्योग र पर्यटनको क्षेत्रमा नयाँ सम्भावनाहरूको ढोका खाेल्ने विश्वास गरिएको छ। 

महाेत्सवमा दैनिक स्थानीय एवम् ख्यातिप्राप्त राष्ट्रिय कालाकारबाट समेत विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछन् । पाैष १७ सम्म सञ्चालन हुने उक्त महोत्सवमा स्थानीय व्यवसायी, उद्योगी, किसानलाई लाभ हुने समेत दावी गरिएको छ । 

भने बेलाैरी महाेत्सवलाई भव्य र सभ्य रुपले सफल पार्न बाणिज्य संघले स्थानीय सराेकारवाला सबैलाई अपिल गरेको छ ।
 

अन्तिम अध्यावधिक: ४ पुष २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस