साउनदेखि मंसीरसम्ममा १३ अर्ब रुपैयाँभन्दा धेरैको बिजुली निर्यात

होमपेज / -विद्युत / मुख्य समाचार /
  • रेडियो सुदूर सञ्चार
  • ७ पुष २०८१ (१ महिना अघि)
  • ६६

चालू आर्थिक वर्षको पहिलो पाँच महीनामा नेपालले १३ अर्ब चार करोड रुपैयाँको विद्युत् भारतलाई बेचेको छ । साउन, भदौ, असोज, कात्तिक र मंसीरमा देशभित्र खपत गरी बाँकी भएको एक अर्ब ७६ करोड युनिट विद्युत् भारतलाई बिक्री गरेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । पाँच महीनामा भारत निर्यात गरेको विद्युत्को औसत दर प्रतियुनिट सात रुपैयाँ ३९ पैसा छ ।

विजुली निर्यातबाट आठ अर्ब १५ करोड भारु आम्दानी भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । प्राधिकरणले प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौता अनुसार भारतीय बजारमा २८ वटा आयोजनाबाट उत्पादित नौ सय ४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ ।

प्राधिकरणले यस वर्ष झन्डै ३० अर्ब रुपैयाँकोे बिद्युत बिक्री गर्ने लक्ष्य लिएकोमा असोज दोस्रो हप्ताको बाढीले विभिन्न आयोजना र प्रशारण लाइनमा क्षती पुग्दा लक्ष्य नभेटिएको बताएको छ । हिउँद लागेसँगै बिजुलीको निर्यात रोकेर आयात शुरु भएको छ ।

नदी तथा खोलानालामा पानीको बहाव घट्दा जलविद्युत् आयोजनाको उत्पादन कमी भई आयात गर्नुपरेको हो । अहिले भारतबाट छ सय मेगावाट बिजुली आयात भइरहेको कार्याकारी निर्देशक घिसिङले बताउनुभयो । अहिले भारतले बढी माग हुने समयमा बिजुली नदिंदा लोडसेडिङ भइरहेको छ । 

अन्तिम अध्यावधिक: ८ पुष २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस