सडक पुगे पनि सवारीसाधन पुगेनन्

होमपेज / मुख्य समाचार / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • ७ पुष २०८१ (१ महिना अघि)
  • १३८

बाजुरा -

जिल्लाको पूर्वीउत्तरी क्षेत्र कोल्टीमा सडक पुगेको करिब २५ वर्ष पूरा भएको छ तर हालसम्म यात्रुवाहक बस पुग्न सकेको छैन । मार्तडी–कोल्टी सडक सञ्जालसँग जोडिएको धेरै वर्ष पुगे पनि यहाँका नागरिकले बस चढ्न पाएका छैनन् । 

बस सेवा सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय बाजुराले अनुमति दिएको छ तर सो अनुमति कागजमा सीमित भएको छ । प्रशासनले मार्तडी–कोल्टी बस सेवा सञ्चालनकै लागि पटक पटक सर्वदलीय, सर्वपक्षीय निर्णय गरे पनि तर अहिलेसम्म बस सेवा सञ्चालन गर्ने कुनै सुरसार देखिँदैन ।  कोल्टीसम्म बस सञ्चालन गर्न २०८१ मङ्सिर २० गते जिल्ला प्रशासन कार्यालय बाजुरामा सर्वदलीय सर्वपक्षीय बैठक बसेको थियो ।

सो बैठकले तत्काल बस सञ्चालन गर्ने निर्णय गरेको भए पनि अहिलेसम्म सेवा सञ्चालन नभएको पाइएको छ तर तीन साता पुग्नलाग्दा बस सेवा सञ्चालन नभएको स्थानीयले बताएका छन् । कोल्टीमा अहिलेसम्म बस पुग्न सकेको छैन ।  बस सेवा सञ्चालन नहुँदा नागरिक महँगो भाडा तिरेर साना सवारीसाधनमा यात्रा गर्नुपर्ने बाध्यता रहेको बुढीनन्दा नगरपालिका–१०, पाण्डुसैनका दिनेश बोहराले बताए । उनले भने, “मार्तडी–कोल्टीमा बस सेवा सञ्चालन भए नागरिकलाई केही राहत हुने बताए ।”    

अन्तिम अध्यावधिक: ८ पुष २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस