बेलौरी, कञ्चनपुर -
कञ्चनपुर प्रहरीले जिल्लाका विभिन्न स्थानबाट लाखौँका समान बरामद गरेको छ । भारतबाट तस्करी हुन लागेको अवस्थामा भीमदत्त र बेलौरी नगरपालिका क्षेत्रबाट चार लाख बढीको अवैध समान बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता उमेशराज जोशीले ईप्रका बेलौरीको टोलीले ३ लाख, ३ हजार ९४० र ईप्रका गड्डाचौकीले १लाख ३ हजार २सय रुपैया गरेर झण्डै ४ लाख, ७ हजार, १४० रुपैया बराबरको तस्करीको समान बरामद गरेको छ । भारतबाट तस्करी गरेर अर्थात भन्सार छलेर ल्याएका समान बरामद गरेर प्रहरीले भन्सार बुझाएको छ ।