सिद्धनाथ मन्दिर संरक्षण समिति ब्रम्हदेबको अध्यक्षमा नायक

होमपेज / मुख्य समाचार / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • १० पुष २०८१ (४ हप्ता अघि)
  • १८५

केशव थापा / कञ्चनपुर -

कञ्चनपुरको प्राचिन सिद्धनाथ मन्दिर संरक्षण समिति ब्रम्हदेबको अध्यक्षमा केशव सिह नायक निर्वाचित भएका छन् । भीमदत्त नगरपालिका ९ ब्रम्हदेब स्थित सिद्धनाथ मन्दिरको अध्यक्षमा पाँचौँ पटक नायक निर्वाचित भएका हुन् ।

१७औँ कार्य समिति चयनका लागि मंगलबार भएको निर्वाचन मत परिमाण अनुसार नायकले आफ्ना निकटकतम प्रतिद्वन्द्वी बीर बहादुर खड्कालाई १२० मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । ०५२ सालमा मन्दिर समितिको अध्यक्षमा निर्बिरोध निर्वाचित भएका नायक यस अघि तीन पटक पनि निर्वाचित भएका थिए । अहिले चौथो पटक ०८१मा पनि अध्यक्षमा ठुलो मतान्तरले निर्वाचित भएका हुन् । 

उपाध्यक्षमा यज्ञराज नाथ निर्वाचित भएका छन् । नाथले निकटतम प्रतिस्पर्धी राममती पाललाई १९ मतको अन्तरले हराउँदै उपाध्यक्षमा निर्वाचित भएका छन् । नाथले २४८, पालले २२९ र अर्का प्रतिस्पर्धी हेमराज भट्टले २२४ मत ल्याएका छन् । कोषाध्यक्षमा करन सिह पाल निर्वाचित भएका छन् । पालले आफ्ना निकटतम प्रतिस्पर्धी किशन नाथलाई १४४ मतको अन्तरले हराउँदै कोषाध्यक्षमा निर्वाचित भएका छन् । 

पालले ४२९ र नाथले २८५ मत ल्याएका छन् । सचिवमा मोतिसिह महता चयन भएका छन् । महताले निकटतम प्रतिस्पर्धी केशबनाथ योगीलाई ९९ मतको अन्तरले हराउँदै सचिवमा निर्वाचित भएका हुन् । 
महताले ३४७, योगीले २४८ र अर्का प्रतिस्पर्धी मोतिसिह बुढाले १२८मत ल्याएका छन् । सह सचिवमा राधा महता भाट निर्वाचित भएकी छिन् । राधाले करन सिह कार्कीलाई १९९ मतको अन्तरले हराउँदै सह सचिवमा निर्वाचित भएका छन् । राधाले ४४६ र करनले २४७ मत ल्याएका हुन् । सदस्यहरु तर्फ ईन्द्र सिह धामी ४८२, उमा भण्डारी ४०७, दल बहादुर रोक्का मगर ४५७, निर्मला जोशी(पाल) ४८४, प्रेम सिह नायक ३६ र शंकर विष्टले ४६७ मत ल्याएका छन् । कुल ९ सय २८ मतदाता मध्ये ७६६ मत खसेका थिए ।

स्थानीय समाजसेवी एंव नेपाली काँग्रेस नेता समेत रहेका नायकले जिल्लाको उत्तरी सिरानीमै रहेको सिद्धनाथ मन्दिरको बृद्धि विकासको योजना अघि सारेका छन् । उनले आफुले विगतदेखि मन्दिरको बृद्धि विकास एंव धार्मिक पर्यटनका लागि थुप्रै कामकाज गर्दै आएको र अहिले पनि गर्ने बताएका छन् । ‘पूर्णागिरी मेला थप व्यवस्थित पार्छु, ‘उनले भने, ‘जिल्लाकै धार्मिक पर्यटकिय गन्तव्य बनाउँछु, यस क्षेत्रको धार्मिक पर्यटकीय दृष्टिकोणबाट आर्थिक, समाजिक गतिबिधी अघि बढाउँछु ।’

भारत उत्तराखण्ड पूर्णागिरी मन्दिरमा लाग्ने मेलाका दर्शनार्थी नेपाल सुप प्रदेश कञ्चनपुरको ब्रम्हदेब र महेन्द्रनगर सिद्धनाथ मन्दिरमा पनि दर्शन गर्न आउने धार्मिक मान्यता अनुरुप दर्शनार्थीको यात्रा थप सहज सुलभ सुविधायुक्त बनाउने अध्यक्ष नायकको योजना छ ।  पाँचौँ पटक मन्दिर समितिको नेतृत्वमा पुगेपछि उनीलाई बधाईको ओईरोसंगै अपेक्षा समेत गरिएको छ । 

 

अन्तिम अध्यावधिक: १० पुष २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस